
घोराही, ७ पुस–दाङको नारायणपुरमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ क १३८ नम्बरको ट्रिपरले रा १ प ५३९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख शरद खत्रीका अनुसार मृत्यु हुनेहरुमा नारायणपुर–३ का ३८ वर्षीय हिमबहादुर भण्डारी र रोल्पा डुव्रिङ–९ का ४६ वर्षीेय शेरबहादुर भण्डारी रहेका छन् ।
रोकिएको अवस्थामा रहेको मोटरसाइकललाई गएराती ट्रिपरले ठक्कर दिएको हो । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।