
वीरगन्ज, ७ पुस– ललाइफकाई खाडी मुलुकमा बेच्न लैजाँदै गरेका युवतीहरुको वीरगञ्जबाट उद्दार गरिएको छ ।
चेलीबेटी बेचबिखनमा संलग्न दुई जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
माइती नेपालको सहयोगमा वीरगन्जको इनर्वाबाट पर्साको ठारीका दुई युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
युवतीलाई बिक्रीका लागि लैजाने भारतीय नागरिक भारतको विहार बेतियाका ओमप्रकाश साह र पूर्वी चम्पारण रक्सौलका राजकिशोर महतोलाई पक्राउ गरेको जनाउको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ भने उद्दार गरिएका चेलीलाई माइती नेपालमा राखिएको छ । रासस