
काठमाण्डु, ६ पुस– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संविधान सभाले २०४७ सालको भन्दा फरक संविधान नबनाउने बताएका छन् ।
संविधानसभा यथास्थितिवादीको कब्जामा रहेको भन्दै गजुरेलले २०४७ सालको भन्दा फरकखालको संविधान बन्न नसक्ने बताए ।
काठमाण्डुमा भएको कार्यक्रममा गजुरेलले संविधानसभाबाट कुनै राजनीतिक निकास पनि ननिस्कने र संविधान पनि नबन्ने भएकाले त्यसको औचित्य नरहेको दाबी गरे ।
सर्वपक्षीय राजनीतिक सम्मेलन बोलाएर देशमा विद्यमान समस्याको निकास निकाल्न उनले आग्रह गरे ।
त्यस्तो सर्वपक्षीय सभाले मात्रै देशलाई निकाश दिने उनको भनाइ थियो ।
रासस