जाडोले गोरखामा पनि विद्यालय बन्द

काठमाण्डु टुडे २०७० पुष ६ गते १४:०३ मा प्रकाशित

Schoolगोरखा, ६ पुस– गोरखाको उत्तरी क्षेत्रका सिर्दीवास, सामागाउँ, विही, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत गाविसमा रहेका २३ प्रावि, एक निमावि र एक मावि गरी कुल २५ विद्यालय बन्द भएको छ ।

हिमपात हुन थालेपछि बढेको जाडोका कारण दुई महिनाका लागि विद्यालय बन्द गरिएको सिर्दीवासस्थित बुद्ध आवासीय माविका शिक्षक गोपी गुरुङले जानकारी दिए ।

हिमालपारि रहेका सात गाविससहित केरौंजा, काशिगाउँ, उहियाँ, गुम्दा, लाप्राक गाविसका विद्यालयसमेत अघोषित रुपमा बन्द भएका छन् ।

दुर्गममा पर्ने ती विद्यालयका भवन हिउँका कारण पुरिएका छन् । दूरीको आधारमा दुर्गम परेपनि नेपाल सरकारले सुगम भनेर परिभाषित गरेका कारण यहाँका विद्यालयहरु बाह्रै महिना सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ ।

माथिल्लो क्षेत्रमा चिसो बढेसँगै उत्तरी क्षेत्रका नागरिकहरु व्यापार व्यवसायका लागि तल्लो क्षेत्रमा झर्ने क्रमसमेत बढेको छ । जाडो मौसममा उत्तरी क्षेत्रका नागरिकहरु तल्लो क्षेत्रमा झरेर, झोला, माला, औंठी, जिम्मुलगायतका सामग्रीको घुमन्ते व्यापार गर्ने गर्दछन्।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us