
धनकुटा, ४ पुस– धनकुटामा परालमा लागेको आगोमा जलेर एक जनाको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका १ सुकेपोखरीमा थुपारेर राखिएको परालमा विहीबार विहान आगलागी हुँदा स्थानीय गौरीशंकर टोलका ५० वर्षीय दिलबहादुर खड्काको मृत्यु भएको हो ।
आगोले जलेर गम्भीर घाइते भएका खड्काको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस