गाडि दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष ४ गते ४:३५ मा प्रकाशित

काठमाण्डु, ४ पुस– पाँचथर र नुवाकोटमा भएका छुट्टा छुट्टै सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

पाँचथरको नागीमा ट्याक्टरको ठक्करबाट विहीबार विहान एकजनाको मृत्यु भएको छ । आफ्नै घरमा रोकिराखेको ट्याक्टर चलाउने क्रममा ओट झिक्न खोज्दा गुडेर ठोक्किदा ट्याक्टर चालक नागी गाविस ६ का २० बर्षीय दिपेश देवानको मृत्यु भएको हो ।

यसैगरी नुवाकोटको विदुर नगरपालिका १० मा बुधबार राती बा ३३ प १२६० नम्बरको मोटरसाइकल सडक छेउँमा पल्टिादा विदुर नगरपालिका कल्याणपुरका अच्युत घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us