छिट्टै नयाँ संविधान बन्ने चीनको विश्वास

काठमाण्डु टुडे २०७० पुष ४ गते ५:५० मा प्रकाशित

Sushil-&-Ai-Ping-&-Jhalanthकाठमाण्डु, ४ पुस– नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले विहीबार पनि राजनीतिक भेटवार्ता जारी राखेको छ । टोलीले विहीबार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय मामिला उपमन्त्री आई पीङ नेतृत्वको टोलीले दुबै भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै छिट्टै नयाँ संविधान बन्ने र राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरेको थियो ।

काँग्रेस सभापति सुशील कोइरालालाई भेट्न चिनियाँ टोली कोइरालाकै निवास महाराजगन्ज पुगेको थियो । पहिलो ठूलो दल भएकाले काँग्रेसलाई सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माणको मुख्य कार्यभार पूरा गर्न चिनियाँ टोलीले सुझाव दिएको थियो छ । भेटमा कोइरालाले छिट्टै नयाँ सरकार गठन हुने र संविधान बनाउने बताएका थिए ।

काँग्रेस सभापति कोइरालालाई भेटेलगत्तै एमाले अध्यक्ष झलनाथ खनाल लगायत नेताहरुलाई भेट्न चिनियाँ टोली बल्खुस्थित केन्द्रीय कार्यालय पुगेको थियो ।

टोलीले बुधबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य लगायतलाई भेटेर संविधान निर्माण प्रक्रियामा सकृय हुन सुझाव दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us