माओवादीसँग नजिकिएको होइन : कोइराला

काठमाण्डु टुडे २०७० पुष ४ गते २:५२ मा प्रकाशित

Nepali-Congress-Party-Officeकाठमाण्डु, ४ पुस नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीसँग कांग्रेस नजिकिएको भन्ने कुरा गलत भएको बताएका छन् ।

काठमाण्डुमा जारी कांग्रसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले सरकार गठनका सन्दर्भमा नेतृत्व माओवादीसँग नजिकिएको भन्दै प्रश्न उठाएपछि कोइरालाले यस्तो जवाफ दिएको केन्द्रीय सदस्य रामशरण महतले जानकारी दिए ।

कांग्रेसका केन्द्रीय सदस्यहरुले सहमतिका नाममा समय खर्च नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

केन्द्रीय समितिमा बोल्ने धेरै केन्द्रीय सदस्यले सहमतिका नाममा समय खर्च गर्दा एक वर्षभित्र संविधान नबन्ने भएकाले प्रक्रियामा जान जोड दिएका कांग्रेस स्रोतले बतायो ।

कांग्रेस स्रोतका अनुसार सरकारको नेतृत्व गर्ने गरी सबै दललाई समेट्न प्रयास गर्ने र नसके तत्काल प्रक्रियामा प्रवेश गर्नुपर्ने धेरैजसो केन्द्रीय सदस्यहरुको सुझाव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us