हिरासतबाट थुनुवा फरार

काठमाण्डु टुडे २०७० पुष ४ गते २:३३ मा प्रकाशित

जनकपुर, ४ पुस–बलात्कार अभियोगका थुनामा रहेका एक जना थुनुवा प्रहरीको हिरासतबाट फरार भएका छन् । जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका धनुषा पुष्पलपुरका ज्ञानबहादुर घिसिङ थुनुवा कक्षबाट शौचालय जानेक्रममा भागेको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

घिसिङ गएको मंसिर २७ गते ढल्केबरकी १२ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए । घिसिङसहितका तीन जनाले बालिकालाई ६ वर्षदेखि करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घिसिङसँगै पक्राउ परेका अरू दुई जना भने प्रहरी नियन्त्रणमै छन् ।

घिसिङ गत सोमबार साँझ ६ बजे भागे पनि ढिलो गरी खबर सार्बजनिक भएको हो । प्रहरीले निजको खोजी कार्यका लागि प्रहरी परिचालन गरेर व्यापकरुपमा खोजी भइरहेको प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us