चिनियाँ टोली र माओवादी नेतृत्वबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० पुष ३ गते १३:०७ मा प्रकाशित

cpn-maoistकाठमाण्डु, ३ पुस- चिनियाँ भ्रमण दल र नेकपा-माओवादीबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको नेकपा-माओवादीले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उपमन्त्री नेतृत्वको भ्रमण दलसँग मैत्रीपूर्ण भेटवार्ता भएको माओवादीले जनाएको छ ।

माओवादी अध्यक्ष मोहन वैद्यको नेतृत्को टोलीले चिनियाँ टोलीसँग भेट गरेको हो ।

चिनियाँ टोलीका नेता आई पिङले नेपालको विशिष्ट परिस्थितिमा र शान्तिपूर्ण रुपमा देशलाई अग्रगामी निकास दिने काममा नेकपा-माओवादी कुशलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

मंगलबार राती काठमाडौं आएको टोलीले बुधबार विहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग भेटवार्ता गरेको थियो ।

टोलीले कांग्रेस र एमाले नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us