छोराको चौरासी पूजामा बुबा साक्षी

काठमाण्डु टुडे २०७० पुष २ गते १८:५४ मा प्रकाशित

बागलुङ, ३ पुस–तंग्राम गाविस–९ फापरखेतका १०४ वर्षीय देवीप्रसाद पुन आफ्नो छोरा लालबहादुर पुनको चौरासी पूजामा सहभागी भएका छन । 

सामान्यतया ८४ वर्षको उमेरसम्म बाँच्न पाउनुलाई भाग्यको रूपमा लिइने गरिए पनि बुबाकै उपस्थितिमा चौरासी पूजा भएको यस घटनालाई दुर्लभ मानिएको छ ।
देवीप्रसादका चार छोरामध्ये अहिले पनि तीन छोरा छन । ती मध्ये जेठो छोरा लालबहादुरको चौरासी गरिएको हो ।
एक सय चार वर्षीय देवीप्रसादले अहिले पनि आफ्नो काम आफँै गर्न सक्ने र सामान्य कामधन्दा पनि गर्ने गरेको स्थानीयवासी बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us