सांस्कृतिक एकता कायम गर्न रेग्मीको आग्रह

काठमाण्डु टुडे २०७० पुष २ गते ९:४१ मा प्रकाशित

Khilaraj-Regmiकाठमाण्डु, पुस २– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सांस्कृतिक सुसम्बन्ध कायम गरी एकतामा आबद्ध भइ अघि बढ्न आग्रह गरेका छन् ।

ज्यापू दिवसको अवसरमा काठमाण्डुमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले नेपाली नेपालीबीच मैत्रीभाव कायम राखी सम्बन्ध थप प्रगाढ पार्नुपर्ने बताए ।

रेग्मीले नेपालका सांस्कृतिक प्रचलनहरु हाम्रो सम्यताको विकाससँगै जोडिएकाले सांस्कृतिक पर्वको ऐतिहासिक महत्व र सम्मान गरिँदै आएको र यही कारण नेपालका कतिपय प्रचलनलाई राज्यले मान्यता दिई यस्ता विशेषताको संरक्षण र प्रबद्र्धन गर्दै आएको  उल्लेख गरे ।

ज्यापू दिवसलाई सरकारले मान्यता दिई पर्व मनाउन सहयोग र समर्थन गरेको उनको भनाइ थियो ।

रेग्मीले नेवारी समुदायलगायत नेपालमा बसोबास गर्ने सबै नेपालीबीच कायम रहेको मैत्रीभाव र सद्भावपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण अवसरमा रुपमा यो पर्व रहेको बताए ।

रेग्मीले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव सकिएको भन्दै सबै मतदातालाई धन्यवाद दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रामकुमार श्रेष्ठले नेपाललाई विश्वसमुदाय माझ चिनाउने प्रमुख माध्यम् सांस्कृतिक नै भएकाले यहाँको सम्पदा, रीतिरिवाज, चाडपर्व, खानपिन र रहनसहनका ऐतिहासिक पक्ष र पाटोको सम्बद्र्धन गर्नेतर्फ सबैपक्ष सचेत हुन आवश्यक रहेको बताए ।

आयोजक संस्थाका संरक्षक तीर्थराम डंगोलले नेवार भनेको संस्कृति र समुदाय बोकेको समुदाय मात्र नभई राष्ट्रको पहिचानसमेत भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us