
काठमाण्डु, २ पुस– कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियामा चरम विवाद भएको छ ।
वर्तमान कार्यसमितिका अध्यक्षले आर्थिक अनियमितता गरेको आरोप लागेपछि विवाद भएको हो ।
कार्यसमितिको अनुमति बिना अध्यक्षले २६ लाख हिनामिना गरेको आरोप लागेपछि विवाद बाहिर आएको हो ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष लगायतले अध्यक्ष सन्तोष सिटौलालाई पदबाट हटाइएको दावी गरेका छन् ।
विवाद बढ्दै जाँदा कोषाध्क्ष अर्जुन केसीले समेत पदबाट राजीनामा दिएका छन् ।