समाचार

संविधान बनाउन जनदबाब आवश्यक : महामन्त्री सिंह

२०७० फागुन १९ गते ८:४९

कञ्चनपुर, १९ फागुन – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले तोकिएको समयमा संविधान जारी गर्न जनदबाब सिर्जना गर्नुपर्ने बताए छन् । प्रगतिशील पत्रकार सङ्घ कञ्चनपुरले सुडामा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले दलहरु सत्ताको खेलमा लागिरहेकाले जनताले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न जनदबाब दिनुपर्ने बताए...

प्रधानमन्त्री कोइरालाको नेपिटमा भव्य स्वागत

२०७० फागुन १९ गते ८:४३

नेपिट (म्यान्मार), १९ फागुन – प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तेस्रो शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि म्यान्मारको राजधानी नेपिट पुगेका छन् । शिखर सम्मेलनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुरानो...

काठमाण्डुमा बढ्यो तिब्बती शरणार्थी गतिविधि

२०७० फागुन १९ गते ८:४०

काठमाण्डु, १९ फागुन– सुशील कोइराला नेतृत्वमा नयाँ सरकार गठन भएसँगै काठमाण्डु उपत्यकामा तिब्बती शरणार्थीको गतिविधि बढेको छ  । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईसँगको भेटमा कोइरालाले एक चीन नीतिप्रति प्रतिबद्धता रहेको बताउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएका थिए...

छ महिना बित्दासम्म शव आएन

२०७० फागुन १९ गते ७:१६

प्युठान, १९ फागुन – साउदीमा मृत्यु भएका प्युठानका एक युवाको छ महिना बित्न लाग्दासमेत शव नेपाल ल्याइएको छैन । अर्खा–४ निवासी खिमे सुनार चन्द्रमा ओभरसिज काठमाडाँैबाट चाइनिज कम्पनीमा कामका लागि जानुभएको थियो । गाउँबाट पैसा कमाउन भनी जानुभएका ३२ वर्षीय सुनारको गएको भदौ २२...

सञ्चार उद्यमी सिङ्घानियाका हत्यारा पक्राउ

२०७० फागुन १९ गते ७:१३

जनकपुरधाम, १९ फागुन – जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानियाको हत्या तथा जनकपुर बम काण्डका आरोपी मुकेश चौधरीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ । चौधरीलाई भारतमा पक्राउ गरी नेपाली प्रहरीलाई बुझाइएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ । भारतीय प्रहरीले...

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

२०७० फागुन १९ गते ७:००

दमक, १९ फागुन – ट्याक्टरको ठक्करबाट झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरका एक बालकको मृत्यु भएको छ । दमक–३ को भित्री सडकमा मे१त ८३२८ नम्बरको हाते ट्याक्टरको ठक्करबाट बेलडाँगीस्थित शिविर एकका सेक्टर १ जी ३ हट नम्बर ३६२ बस्ने खड्गसिंह तामाङका छोरा ६ वर्षीय...

स्थानीय निकाय निर्वाचन प्रक्रिया सुरु: सिंह

२०७० फागुन १९ गते ५:१४

काठमाण्डु, १९ फागुन–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकारले स्थानीय निकाय निर्वाचन प्रक्रिया थालिसकेको बताएका छन् । राजधानीमा सोमबार भएको कार्यक्रममा उनले स्थानीय विकासमन्त्रीका हैसियतमा आफूले निर्वाचनका लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिइसकेको बताए । निर्वाचनसम्बन्धी ऐन, नियम निर्माणको प्रक्रिया अघि बढिसकेको भनाइ...

नियमावली मस्यौदा समिति अन्यौलमा

२०७० फागुन १९ गते २:१४

काठमाण्डु, १९ फागुन – विवाद बढेपछि संविधानसभा र व्यवस्थापिका संसदको नियमावली मस्यौदा समिति अन्यौलमा परेको छ । संविधानको प्रमाणीकरण राष्ट्रपति या सभाध्यक्षले कसले गर्ने, दलको ह्वीप र ककसको व्यवस्था गर्ने या नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद भएपछि समिति नै अन्यौलमा परेको हो । आजपनि...

एमाले केन्द्रीय कमिटिको बैठक बस्दै

२०७० फागुन १९ गते २:०६

काठमाण्डु, १९ फागुन – नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्दै छ । नवौ महाधिवेशनका विषयमा तयारी थालेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने भएका छन । दिउँसो १२ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा महाधिवेशनको तयारीका...

पाँचथरमा नक्कली नोट भेटियो

२०७० फागुन १९ गते १:२५

पाँचथर , फागुन १९ — पाँचथरको फिदिम स्थित क्लिन इनर्जी वैकमा र नक्कली नोट फेला परेको छ । शनिवार समेत सेवा प्रदान गर्दै आएको वैकमा नियमित सेवाग्राहीले आफ्नो खातामा जम्मा गर्न ल्याएका एक हजार र ५ सयका नोटहरु नक्कली फेला परेको वैकका प्रमुख ध्रुव...

आज के के गर्दै छन् प्रधानमन्त्री कोइराला !

२०७० फागुन १९ गते ०:५७

काठमाण्डु, १९ फागुन –प्रधानमन्त्री सुशील कोइराला बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा सोमबार बैंककबाट म्यानमार पुगेका छन् । प्रधानमन्त्री कोइराला सहितको नेपाली प्रतिनिधि मण्डललाई विमानस्थलमा म्यानमारका लागि नेपाली राजदूत पारस घिमिरे र याङ्गून क्षेत्रका मुख्यमन्त्रीले स्वागत गर्ने भएका छन् । याङ्गून अन्तराष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री...

किन गए प्रहरी प्रमुख भारत ?

२०७० फागुन १८ गते १४:३२

काठमाण्डु, १८ फागुन– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आइतबार भारत भ्रमणमा गएका छन् । प्रहरी महानिरीक्षक बनेपछि  भएको अर्यालको यो पहिलो विदेश भ्रमण हो । मोतीलाल बोहरापछि भारतको औपचारिक निमन्त्रणा पाउने अर्याल पहिलो महानिरीक्षक हुन् । अर्यालको भ्रमण टोलीमा अपराध अनुसन्धान विभाग प्रमुख नायव महानिरीक्षक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us