ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १९ गते ७:०० मा प्रकाशित

दमक, १९ फागुन – ट्याक्टरको ठक्करबाट झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरका एक बालकको मृत्यु भएको छ ।

दमक–३ को भित्री सडकमा मे१त ८३२८ नम्बरको हाते ट्याक्टरको ठक्करबाट बेलडाँगीस्थित शिविर एकका सेक्टर १ जी ३ हट नम्बर ३६२ बस्ने खड्गसिंह तामाङका छोरा ६ वर्षीय प्रवेश रहेका छन् ।

उनलाई आइतबार साँझ ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा स्थानीय आम्दा अस्पताल दमकमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us