काठमाण्डू, २७ जेठ– एमाले प्रतिनिधिसभा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश गम्भीर संकटको भूमरीमा फसेकको बताएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले नेता बादलले यस्तो बताएका हुन् । बादलले भने, ‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ ।
यो संकट दुइटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ ।’ ‘पहिलो घटना जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले नेपालको भारतको जग्गा मिचेको भन्नेबाट संकट उत्पन्न भएको हो,’ बादलले भने, ‘त्यो घोषणा र अभिव्यक्तिबाट यो संकट उत्पन्न भएको हो । यो घोषणा रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण जानुको ठीक एक दिन अगाडि आकस्मिक रूपमा यो रोष्ट्रममा आएर उहाँले त्यो सन्देश दिनुभएको हो ।’
त्यो बिन्दुबाट अर्को रास्वपाका सभापति लामिछाने दिल्लीमा गएर जुन विचार व्यक्त गरेको अर्को बिन्दु रहेको समेत उनले बताएका छन । ‘हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौं, यो अभिव्यक्तिले संकट पैदा गरेको हो,’ उनले भने । त्यो बिन्दुबाट पछाडि फर्केर हेर्दा भदौ २३ र २४ गतेबाट संसद् विघटन र नयाँ सरकार गठन जोडिने उनले बताए ।
‘त्यो बेला एक जनप्रतिनिधिले अर्को जनप्रतिनिधिलाई मन्त्री बन्नुछ भने अमुक दूतावासको अनुमति लिनुपर्छ भन्ने विगतका घटना पुनस्स्मरण भएर आउँछ,’ उनले भने ।
‘रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालको सनसनीखेज खुलासा व्यक्त गर्नुभएको थियो, कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनका निम्ती म जे पनि सम्झौता गर्न तयार छु, त्यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्याइदेउ भन्ने,’ बादलले अगाडि भने, ‘त्यो बिन्दु र यो बिन्दु जोडेर हेर्दा संकटको स्रोत थाहा हुन्छ ।’
यी संकटको समाधान प्रधामनन्त्री बालेन, रास्वपा सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालको हातमा रहेको समेत बताएका छन ।