काठमाण्डू, २७ जेठ– नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसद्मा छलफल चलेको भन्दै दुःख व्यक्त गरेको छ ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद हमालले यस्तो बताएका हुन् । उनले भने, ‘आज हामी यहाँ हाम्रो भूअखण्डता, हाम्रो सीमाका विषयमा छलफल गर्न बाध्य भएका छौं ।
छलफल गर्दा विभाजित भएर छलफल गर्न बाध्य भएका छौं, ‘नेपाल र नेपालीहरू अहिलेसम्म कहिल्यै पनि नेपालको सीमा सन्दर्भमा, राष्ट्रियता, सार्वभौमिकताको सन्दर्भमा, स्वाभीमानको सन्दर्भमा विभाजित भएको थिएनौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर राष्ट्र विरोधी, नेपालको भू अखण्डताको विरुद्धमा अभिव्यक्ति दिएकाले यस्तो अवस्था आएको समेत उनले बताए ।
प्रधानमन्त्री बालेनले नेपाली जनतासँग माफी माग्नुपर्ने र उनले बोलेको विषय संसद्को रेकर्डबाट हटाउनुपर्ने समेत उनले बताएका छन ।