नियमावली मस्यौदा समिति अन्यौलमा

काठमाण्डु टुडे २०७० फागुन १९ गते २:१४ मा प्रकाशित

ca houseकाठमाण्डु, १९ फागुन – विवाद बढेपछि संविधानसभा र व्यवस्थापिका संसदको नियमावली मस्यौदा समिति अन्यौलमा परेको छ ।
संविधानको प्रमाणीकरण राष्ट्रपति या सभाध्यक्षले कसले गर्ने, दलको ह्वीप र ककसको व्यवस्था गर्ने या नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद भएपछि समिति नै अन्यौलमा परेको हो ।
आजपनि दिउँसो दुईबजे बैठक बसेर सहमति खोजिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संविधानको प्रमाणीकरण राष्ट्रपति गर्नुपर्ने काँग्रेसको र संविधानसभा अध्यक्षले प्रमाणीकरण गर्नुपर्ने एमालेको अडानका कारण समिति अघि बढ्न सकेको छैन ।
त्यस्तै संविधानसभामा निर्णायक छलफलका क्रममा दलको ह्वीप लाग्ने नलाग्ने र ककस गठन गर्ने नगर्ने भन्ने विषयमा पनि दलहरुबीच विवाद छ ।
म्याद सकिएपनि समितिले सहमति जुटाउने प्रयास गरिरहेको कर्णले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us