पाँचथरमा नक्कली नोट भेटियो

काठमाण्डु टुडे २०७० फागुन १९ गते १:२५ मा प्रकाशित

पाँचथर , फागुन १९ — पाँचथरको फिदिम स्थित क्लिन इनर्जी वैकमा र नक्कली नोट फेला परेको छ ।
शनिवार समेत सेवा प्रदान गर्दै आएको वैकमा नियमित सेवाग्राहीले आफ्नो खातामा जम्मा गर्न ल्याएका एक हजार र ५ सयका नोटहरु नक्कली फेला परेको वैकका प्रमुख ध्रुव वाँस्कोटाले  बताए । ।
नोटको विचमा धर्सो नदेखिने तथा अन्य नोटको तुलनामा सानो तथा  फरक  पाइएपछि चेक जाँचको क्रममा उक्त नोटहरु नक्कली भएको पाइएको वैकले जनाएको छ ।
वैकले वजारमा अन्य नक्कली नोटहरु समेत हुन सक्ने भन्दै सर्व साधारणलाई सचेत हुन समेत आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us