काठमाण्डु, १७ फागुन– अघिल्लो संविधानसभामा सहमति भइसकेका विषय छलफलका लागि सिधै संविधानसभामा लगिने भएको छ । संविधानसभा नियमावली मस्यौदा समितिको शनिबारको बैठकमा अघिल्लो संविधानसभाले जुटाएका सहमति सीधै छलफलमा लैजान दलहरु तयार भएका हुन् । समितिले अघिल्लो संविधानसभामा मिलेका र विवादित विषयको दस्तावेज तयार पार्ने...
रामेछाप, १७ फागुन – उपप्रधानमन्त्री एवम् गृह मन्त्री वामदेव गौतमले अस्थिरता र अराजकता निम्त्याउन खोज्नेलाई तह लगाउने बताएका छन् । गौरीशंकर उच्च माध्यमिक विद्यालय रामेछापको स्वर्णमहोत्सव उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले कुशासन अन्त्य आफू प्रतिवद्ध रहेको बताए । सरकार मुलुकबाट भ्रष्टाचार अन्त्य गर्दै सुसासन...
काठमाण्डु, १७ फागुन – नवौं महाधिवेशनको मितिबारे नेकपा एमालेमा विवाद देखिएको छ । आगामी जेष्ठ ३ गतेका लागि प्रस्ताव गरिएको महाधिवेशन सोही मितिमा गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद देखिएको छ । पार्टी मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले प्रस्तावित...
काठमाण्डु, १७ फागुन – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका आन्तरिक विवादले नयाँ संविधान निर्माणमा असर पार्न नहुने बताएका छन् । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेसनल एकेडेमीको आठौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालाई सो कुरा बताएका हुन् । ‘अहिले हरेक पार्टीभित्र विवाद छ,’ उनले भने, ‘सबै...
काठमाण्डु, १७ फागुन – परराष्ट्रविद्हरुले बंगाल खाडी प्रभावित राष्ट्रहरुको आर्थिक विकासको फोरमको रुपमा रहेको विमस्टेकलाई सम्झौता कार्यान्वयन पक्ष कमजोर रहेको सार्क जस्तो बनाउन नहुने सुझाव दिएका छन् । विमस्टेक बैठकमा सहभागी हुन आईताबारबाट प्रधानमन्त्री सुशील कोइरालाले गर्न लागेको भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले शनिबार आयोजना...
काठमाण्डु, १७ फागुन– एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कतार भ्रमणलाई लिएर पार्टीभित्रैबाट भइरहेका टिप्पणी गलत भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा शर्माले भ्रमणबारे विवाद गरिरहनुको औचित्य नरहेको बताएका हुन् । शर्माले...
काठमाण्डु, १७ फागुन – नेपाली काँग्रेसका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गरेसँगै संविधान लेखन कार्यले गति लिने बताएका छन् । प्रेस युनियन दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दलहरुबीच १ वर्षभित्र संविधान जारी गर्ने सहमति भएकाले...
काठमाण्डु, १७ फागुन – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौधौँ मन्त्रिस्तरीय बैठकमा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले सदस्य मुलुकबीच आपसी सहयोग अभिवृद्धि गर्ने...
कञ्चनपुर, १७ फागुन – कञ्चनपुरमा चौबीस घण्टादेखि विद्युत् सेवा ठप्प रहेको छ । शुक्रबार दिउँसोदेखि यहाँ विद्युत् आपूर्ति हुन सकेको छैन । भारतको टनकपुरमा रहेको विद्युत्गृहमा खराबी आएका कारण विद्युत् सेवा सुचारु गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर कार्यालयका प्रमुख सत्यनारायण महतोले बताए ।...
चितवन, १७ फागुन – नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले सरसफाइ अभियान ‘म र हामी’ बाटै सुरु गर्नुपर्ने बताएका छन् । राजधानीपछि चितवन जिल्लामा पहिलो सरसफाइ अभियानको सुरुवात गर्दै पौडेलले सो कुरा बताएका हुन् । राजधानीमा बागमती सरसफाइ अभियान जारी रहेको छ । शनिबार...
सप्तरी, १७ फागुन – गरिबी, अशिक्षा र जनचेतनाका कारण सप्तरीमा २१ प्रतिशत बालबालिका कुपोषित रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले तयार गरेको तथ्याङ्कमा त्यसमध्ये तीन प्रतिशत बालबालिकालाई तत्काल स्वास्थ्य उपचार आवश्यक रहेको देखाएको छ । जिल्लामा कुल बालबालिकामध्ये छ महिनादेखि...
नेपालगन्ज, १७ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले सरकारको प्राथमिकता एक वर्षभित्र संविधान जारी गर्ने भए पनि विकासका मुद्दालाई ओझेलमा नपारिने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले, ‘जनताका आवश्यकता विकासका पूर्वाधार निर्माणबाट मात्र पूरा हुने भएकाले त्यसका लागि सरकारले...