अघिल्लो संविधानसभामा मिलेका विषय सिधै संविधानसभामा

काठमाण्डु टुडे २०७० फागुन १७ गते १२:३२ मा प्रकाशित

Biccकाठमाण्डु, १७ फागुन– अघिल्लो संविधानसभामा सहमति भइसकेका विषय छलफलका लागि सिधै संविधानसभामा लगिने भएको छ ।

संविधानसभा नियमावली मस्यौदा समितिको शनिबारको बैठकमा अघिल्लो संविधानसभाले जुटाएका सहमति सीधै छलफलमा लैजान दलहरु तयार भएका हुन् ।

समितिले अघिल्लो संविधानसभामा मिलेका र विवादित विषयको दस्तावेज तयार पार्ने जिम्मेवारी अभिलेख अध्ययन तथा विवाद निक्र्यौल समितिलाई दिएको छ ।

विघटित संविधानसभामा विवाद भएका विषय भने दस्तावेज तयार गरी कुनै छलफलबिनै राजनीतिक संवाद समितिमा पठाउन दलहरु सहमत भएका छन् ।

तर संविधानसभा नियमावलीमा ककस निर्माण्ँ र विवेकको मत प्रयोग गर्न पाउने वा नपाउने भन्नेमा भने विवाद भएको समितिका एक सदस्यले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us