कतार भ्रमणबारे विवाद गर्नुको औचित्य छैन: शर्मा

काठमाण्डु टुडे २०७० फागुन १७ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कतार भ्रमणलाई लिएर पार्टीभित्रैबाट भइरहेका dinanath sharmaटिप्पणी गलत भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा शर्माले भ्रमणबारे विवाद गरिरहनुको औचित्य नरहेको बताएका हुन् ।

शर्माले प्रचण्डको भ्रमण टोली सात सदस्यीय रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिए । ‘अध्यक्षको भ्रमण टिम सात सदस्यीय हो’, शर्माले भने, ‘यसमा विवाद गरिरहन जरुरी छैन ।’

माओवादी विदेश विभागले भने भ्रमण टोलीमा तीन जना मात्र रहेको बताएको छ । भ्रमण टोलीमा रहेका केही व्यक्तिबारे विवाद भएपछि विदेश विभागले ती व्यक्ति भ्रमण टोलीमा नरहेको प्रष्टीकरण दिएको थियो ।

विभागले विज्ञप्ति जारी गरी भ्रमण टोलीमा अध्यक्ष प्रचण्ड, उनका स्वकीय सचिव चुडामणि खड्का र प्रवक्ता शर्मा मात्र रहेको बताएको छ । ‘अध्यक्ष प्रचण्ड, यस विभागका निवर्तमान प्रमुख तथा हालका प्रवक्त दीनानाथ शर्मा र केन्द्रीय सदस्य एवम् अध्यक्षका स्वकीय सचिव चुडामणि खड्का मात्र भ्रमण दलमा हुनुहुन्थ्यो’, विदेश विभागले जारी गरेको विज्ञप्तिमा भनिभएको छ’, कतारमा भएका सबै औपचारिक भेटहरुमा उहाँहरु तीन जना र पार्टीको श्रम विभाग प्रमुख लेखराज भट्ट मात्र सहभागी हुनुभयो । अध्यक्षसँगै गएका अरुको भ्रमणको उद्देश्य र सहभागिता उहांहरुको निजी विषय हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us