पार्टीका विवादले संविधान निर्माणमा असर पार्नु हुँदैन : नेपाल

काठमाण्डु टुडे २०७० फागुन १७ गते ११:४१ मा प्रकाशित

madhab-nepalकाठमाण्डु, १७ फागुन – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका आन्तरिक विवादले नयाँ संविधान निर्माणमा असर पार्न नहुने बताएका छन् । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेसनल एकेडेमीको आठौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालाई सो कुरा बताएका हुन् ।

‘अहिले हरेक पार्टीभित्र विवाद छ,’ उनले भने, ‘सबै मिलेर एकताबद्ध भई मुलुकलाई अघि बढाउनु जरुरी छ ।’

जनादेशअनुसार नेपाली काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ । नेपाली संस्कार र संस्कृतिप्रति गौरवबोध गर्न आग्रह गर्दै नेपालले जातजातिका आधारमा विभाजन गरेर मुलुकलाई खाडलमा धकेल्न नहुने बताए ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us