महाधिवेशनको मितिबारे एमालेमा विवाद

काठमाण्डु टुडे २०७० फागुन १७ गते १२:१७ मा प्रकाशित

uml officeकाठमाण्डु, १७ फागुन – नवौं महाधिवेशनको मितिबारे नेकपा एमालेमा विवाद देखिएको छ ।

आगामी जेष्ठ ३ गतेका लागि प्रस्ताव गरिएको महाधिवेशन सोही मितिमा गर्ने कि पछि सार्ने भन्ने विषयमा विवाद देखिएको छ ।

पार्टी मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले प्रस्तावित मितिमा नै महाधिवेशन गर्नुपर्ने बताए ।

शनिबारको बैठकमा नेता प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, केशव बडाल लगायतले धारणा राखेका थिए । पार्टी विधानमा ५ वर्षभित्रै महाधिवेशन हुनुपर्ने उल्लेख रहेकाले जेष्ठमै महाधिवशन गर्नुपर्ने उनीहरुको धारणा छ ।

साथै बैठकमा सर्वसम्मतरुप नेतृत्व चयनका लागि पहल गर्नुपर्ने आवाज पनि उठेको छ । पार्टीलाई एक ढिक्का बनाएर अघि लैजानुपर्ने भन्दै उनीहरुले एक वर्ष भित्रै संविधान जारी गर्न भूमिका खेल्नु पर्नेमा जोड दिए ।

यसअघि शुक्रबारको बैठकमा बोल्दै नेता घनश्याम भुसाल लगायतले महाधिवेशनको मिति केही पर सार्नुपर्ने बताएका थिए ।

एमालेमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल पक्ष महाधिवेशनको मिति पछिका लागि सार्नुपर्ने तथा वरिष्ठ नेता केपीशर्मा ओली र उपाध्यक्ष वामदेव गौतम जेष्ठमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us