परराष्ट्रमन्त्री पाण्डे म्यान्मार प्रस्थान

काठमाण्डु टुडे २०७० फागुन १७ गते ९:४२ मा प्रकाशित

mahendra-Pandeyकाठमाण्डु, १७ फागुन – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौधौँ मन्त्रिस्तरीय बैठकमा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्यसतर्फ प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले सदस्य मुलुकबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल हुने बताए ।

विगतका बैठकका उपलब्धि तथा समीक्षाका साथै कृषि, व्यापार लगानीलगायत क्षेत्रमा सहकार्य गर्ने बारेमा पनि बैठकमा विचारविमर्श हुने उनले बताए ।

बैठकका क्रममा आफूले भारत, बङ्गलादेश, श्रीलङ्का, म्यान्मार, भुटान र थाइल्यान्डका आफ्ना समकक्षीहरुसँग दुईपक्षीय हित र आपसी चासोका विषयमा विचारविमर्श गर्ने बताए ।

मन्त्री पाण्डेलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव दीपक धिताल र उक्त मन्त्रालयका वरिष्ठ अधिकारीहरुले बिदाई गरेका थिए । बैठक यही फागुन १९ गतेदेखि सुरु हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us