समाचार

बाँदरको मुख र आठ खुट्टा भएको पाठो जन्मियो

२०७० फागुन १६ गते ९:५२

लहान, १६ फागुन – सिरहाको उत्तरी क्षेत्रमा पर्ने विष्णुपुरकट्टी गाविस–२ सदाय टोलमा घरमा पालिएको एक बाख्राले आठ खुट्टा भएको अनौठो पाठो जन्मएको छ । स्थानीय मङ्गला सदायले घरमा पालेको बाख्राले आठ खुट्टा र चार कान भएको सेतो रङ्गको पाठो जन्माएको जानकारी दिए । यद्यपी...

हिउँका कारण एक पदयात्रीको मृत्यु

२०७० फागुन १६ गते ८:३८

काठमाण्डु, १६ फागुन – हिमाली  जिल्ला मुस्ताङको पदयात्रामा रहेका एकजनाको मृत्यु भएको छ । बुधबार मुस्ताङबाट जोमसोमतर्फ हिँडेका वीरगञ्ज निवासी ऋषि वर्नवारको हिउँका कारण मृत्यु भएको हो । उनीसँगै गएका अन्य ६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । सेनाको टोलीले उनीहरुलाई १७ हजार...

सरकार काँग्रेसीले नै ढाल्ने !

२०७० फागुन १६ गते ८:२५

काठमाण्डु, १६ फागुन – सरकार आफ्नै पार्टीको नेतृत्वमा छ । तर पनि नेपाली काँग्रेसभित्र असन्तुष्टि पनि उत्तिकै छ । सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा खुलेको ‘गुट’ मा पर्छन् । यो गुट निक्कै पुरानो पनि हो । तर अदृश्य गुट काँग्रेसभित्र मौलाउँदै...

‘संविधान निर्माणलाई प्राथमिकता दिनुपर्छ’

२०७० फागुन १६ गते ८:२२

वीरगन्ज, १६ फागुन – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीतिक दल र सरकारको पहिलो प्राथमिकता संविधान निर्माण हुनुपर्ने बताएकी छिन् । राजनीतिक दलहरुबीच देखिएको आन्तरिक द्वन्द्वबाट संविधान निर्माणका कार्य प्रभावित हुन नहुने उनको भनाई छ । नेपाल प्रेस युनियन पर्साले शुक्रबार आयोजना गरेको पत्रकार...

जीप दुर्घटनामा एकको मृत्यु

२०७० फागुन १६ गते ७:३८

खोटाङ, १६ फागुन – हलेसीको दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परी खोटाङमा एकजनाको मृत्यू भएको छ । अन्य सातजना घाइते भएका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीमा शिवरात्रीको अवसरमा लाग्ने मेला भरेर घर फर्कने क्रममा बाहुनीडाँडा–१ बयाक्तास्थित सडकखण्डमा बा ८ च १६११...

राउटे मुखियालाई सरकारी जागिर

२०७० फागुन १६ गते ६:४४

सुर्खेत, १६ फागुन – वर्षौंदेखि जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे जातिका मुखियाहरुले सरकारी जागिर खाने भएका छन् । जिल्ला वन कार्यालय सुर्खेतले वन हेरालुका रुपमा उनीहरुलाई सरकारी जागिर दिन लागेको हो । राउटेहरु जागिर खान सहमत भएपछि प्रक्रिया अगाडि बढाइएको जिल्ला वन कार्यालयले...

प्रहरी महानिरीक्षक अर्याल भारत जाने

२०७० फागुन १६ गते ६:३९

काठमाण्डु, १६ फागुन– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको औपचारिक निमन्त्रणमा महानिरीक्षक अर्याल आइतबार त्यसतर्फ जान लागेका हुन् । प्रहरी महानिरीक्षक बनेपछि  हुन लागेको अर्यालको यो पहिलो विदेश भ्रमण हो । मोतीलाल बोहरापछि भारतको औपचारिक निमन्त्रणा पाउने अर्याल...

भ्रष्टाचार निवारण पहिलो प्राथमिकता: कोइराला

२०७० फागुन १६ गते ४:२३

नेपालगञ्ज, १६ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारको प्राथमिकता भ्रष्टाचार निवारण रहेको बताएका छन् । काँग्रेसनिकट प्रजातान्त्रिक कानुन व्यवसायी संघको महाधिवेशन उदघाटनका लागि आएका कोइराराले नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एक वर्षभित्र संविधान निर्माण गर्नु आफ्नो प्रमुख दायित्व भए पनि भ्रष्टचार हटाउन र...

कतारमा सिलिन्डर पड्किदा ३ नेपालीको मृत्यु

२०७० फागुन १६ गते ३:३८

काठमाण्डु, १६ फागुन – कतारो दोहामा रहेको इस्तानबुल रेस्टुरेन्टमा ग्यास सिलिण्डर हुँदा तीन नेपालीको मृत्यु भएको छ । बिहिवार बिहान सिलिण्डर बिस्फोट भएको थियो । बिस्फोटमा परि थप ९ जना विदेशी कामदारको ज्यान गएको छ भने, ३२ जना घाइते भएका छन् । घाइते नेपालीको...

चार वर्षीया छोरीसहित दम्पत्ति मृत फेला

२०७० फागुन १६ गते ३:२५

ठिमी, १६ फागुन– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५ मगरगाउँमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । मृत्यु हुनेमा सर्लाही मलंगवा स्थायी घर भएका ३५ वर्षीय श्याम महत, श्रीमती ३० वर्षीया सुनिता  र छोरी चार वर्षीया नानु रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ...

नियमावली मस्यौदा समितिको बैठक

२०७० फागुन १६ गते ३:२०

काठमाण्डु, १६ फागुन – संविधानसभा नियमावली मस्यौदा समितिको वैठक आजपनि बस्ने भएको छ । शुक्रकार सिंहदरबारमा बस्ने वैठकले बाँकी रहेका विषयहरु टुंगाउने छ । संविधानसभामा पाँच वटा समिति रहने टुंगो लगाईसकेको छ । सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णको नेतृत्वमा रहेको ४९ सदस्यीय समितिले आइतबारसम्मको...

एमाले केन्द्रीय समितिको बैठक जारी

२०७० फागुन १६ गते २:३३

काठमाण्डु,१६ फागुन – नवौं महाधिवेशनको तयारीका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । महाधिवेशनको मिति, तयारी र राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्न पार्टी कार्यालय बल्खुमा केन्द्रीय कमिटि बैठक बसिरहेको हो । वैशाखमा महाधिवेशन गर्ने यसअघिको निर्णयलाई परिवर्तन गरेर जेठ ३ गतेदेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us