बाँदरको मुख र आठ खुट्टा भएको पाठो जन्मियो

काठमाण्डु टुडे २०७० फागुन १६ गते ९:५२ मा प्रकाशित

लहान, १६ फागुन – सिरहाको उत्तरी क्षेत्रमा पर्ने विष्णुपुरकट्टी गाविस–२ सदाय टोलमा घरमा पालिएको एक बाख्राले आठ खुट्टा भएको अनौठो पाठो जन्मएको छ ।

स्थानीय मङ्गला सदायले घरमा पालेको बाख्राले आठ खुट्टा र चार कान भएको सेतो रङ्गको पाठो जन्माएको जानकारी दिए । यद्यपी सो पाठो जन्मिएको एक घण्टाभित्रै मरेको थियो ।

मुखसमेत बाँदरको जस्तो रहेको पाठाको शरीर पूर्ण रुपमा विकसित थियो । जन्मेको एक घण्टाभित्र मरेपछि पनि हेर्ने गाउँलेको भिड लागेको स्थानीय महेश्वर श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us