९ महिनापछि ओलीको राजीनामा राजपत्रमा

काठमाण्डु टुडे २०८३ जेठ २७ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण राजीनामा दिएको ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ ।

भदौ २४ गते उनले दिएको राजीनामा मुद्रण विभागले आज (बुधबार) उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो । उक्त प्रकाशनको रिफरेन्स नम्बर २६३७४ रहेको छ ।

जबकि जेठ २५ गते प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७३ रहेको थियो । यद्यपि, राजपत्रको मिति भने भदौ २४ गतेकै राखिएको छ ।

राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा उक्त राजीनामाको सूचना राजपत्रमा प्रकाशित गरीएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us