हिउँका कारण एक पदयात्रीको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १६ गते ८:३८ मा प्रकाशित

Uddarकाठमाण्डु, १६ फागुन – हिमाली  जिल्ला मुस्ताङको पदयात्रामा रहेका एकजनाको मृत्यु भएको छ । बुधबार मुस्ताङबाट जोमसोमतर्फ हिँडेका वीरगञ्ज निवासी ऋषि वर्नवारको हिउँका कारण मृत्यु भएको हो ।

उनीसँगै गएका अन्य ६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । सेनाको टोलीले उनीहरुलाई १७ हजार फिट उचाईबाट उद्दार गरेको हो ।

उनीहरु हिमपातका कारण फसेकोबारे जानकारी पाएलगत्तै उप–सेनानी दिनेश भण्डारीको नेतृत्वको नौ जनाको उद्दार टोली घटनास्थल पुगेको थियो ।

६ जनालाई जोमसोम ल्याई उपचार थालिएको सेनाले जनाएको छ । शवभने जोमसोमस्थित जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । तस्विर सौजन्य : नेपाली सेना

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us