
काठमाण्डु, १६ फागुन– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भारत भ्रमणमा जाने भएका छन् ।
भारत सरकारको औपचारिक निमन्त्रणमा महानिरीक्षक अर्याल आइतबार त्यसतर्फ जान लागेका हुन् ।
प्रहरी महानिरीक्षक बनेपछि हुन लागेको अर्यालको यो पहिलो विदेश भ्रमण हो । मोतीलाल बोहरापछि भारतको औपचारिक निमन्त्रणा पाउने अर्याल पहिलो महानिरीक्षक हुन् ।
प्रहरी मुख्यालय स्रोतका अनुसार भ्रमणका क्रममा अर्यालले नेपाल प्रहरीको सुदृढीकरणका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोगको आग्रह गर्नेछन् ।
यस्तै नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, लागूऔषध तथा नक्कली भारु कारोबार नियन्त्रणका विषयमा पनि छलफल हुने बताइएको छ ।