रास्वपा कोशी सभापतिका लागि सात जनाको उम्मेदवारी

काठमाण्डु टुडे २०८३ जेठ २७ गते १३:२२ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाको उम्मेदवारी परेको छ । विराटनगरमा सुरु भएको रास्वपाको पहिलो अधिवेशनमा सात जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको निर्वाचन मण्डलले जनाएको छ ।

सदस्यमा ७१ जनाले उम्मेदवार दिएको निर्वाचन समितिले जानकारी गराएको छ । कोशी प्रदेश समिति ६१ सदस्यीय हुने रास्वपाको पार्टी विधानमा व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us