समाचार

चेपाङ किशोरीद्वारा आत्महत्या

२०७० फागुन १५ गते ४:५६

चितवन, १५ फागुन – चितवनमा एक चेपाङ किशोरीले आत्महत्या गरेकी छिन् । पार्वतीपुरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १५ वर्षीया किशोरी  शर्मिला प्रजाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको विकट गाउँ कोराक–८ घर भई पश्चिम चितवन पार्वतीपुरस्थित एक...

सेना दिवश साँझ मात्रै मनाइने

२०७० फागुन १५ गते ३:५४

काठमाण्डु, १५ फागुन –टुँडिखेलमा विशेष समारोह आज नेपाली सेना दिवस पनि मनाइँदै छ । सेना दिवसको अबसरमा नेपाली सेनाले आज साँझ टुंडीखेलमा विशेष समारोहको आयोजना पनि गरेको छ । टुँडिखेलमा यसअघि दिउसो हुँदै आएको समारोह यस पटक साँझमा आयोजना गरिएको छ । सैनिक मुख्यालय...

फोटोसहितको मतदाता नामावली फेरि सङ्कलन गरिने

२०७० फागुन १५ गते २:४३

म्याग्दी, १५ फागुन– म्याग्दीमा पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले नामावली फेरि संकलन गर्ने निर्णय गरको हो । बिहिबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । पौडेलका अनुसार...

आज शिवरात्री मनाइँदै, पशुपतिमा घुइँचो

२०७० फागुन १५ गते १:४१

काठमाण्ड, १५ फागुन –आज शिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने शिवरात्री पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । कोष र...

उपाध्यक्ष घर्तीद्वारा पद तथा गोपनियताको शपथ

२०७० फागुन १४ गते १३:१९

काठमाण्डु, १४  फागुन – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओन्सरी घर्तीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । संविधानसभाका भवनमा बुधबार घर्तीलाई सपथ ग्रहण गराईएको हो । संविधानसभाको बैठकले एकीकृत नेकपा माओवादीका सभासद् घर्तीलाई बहुमतले उपाध्यक्ष पदमा निर्वाचित गरेको थियो ।...

ग्रिन कार्ड लिएका कर्मचारीविरुद्ध सर्वोच्चमा रिट

२०७० फागुन १४ गते १३:०८

काठमाण्डु, १४ फागुन – विदेशको ग्रिन कार्ड लिएका वा स्थायी बसोबासको लागि अनुमति प्राप्त गरेका सरकारी कर्मचारीलाई कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू कपिलदेव ढकाल, अनिलकुमार श्रेष्ठ  र प्रेमप्रसाद धितालले संयुक्तरूपमा दायर गरेको रिटमा सर्वोच्चका रजिस्ट्रार लोहितचन्द्र शाहले बदर गरेका...

दिलशोभाले भनिन्, ‘यौन दुराचारको प्रमाण चाहियो’

२०७० फागुन १४ गते ११:४९

काठमाण्डु, १४ फागनु – आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले आफूले यौन दुराचार गरेको प्रमाण देखाउन चुनौति दिएकी छिन् । कानुन नजानेकाले आफूलाई परिबन्दमा पारिएको भन्दै उनले यौन दुराचार भनेको समेत आफूले नबुझेको बताईन् । ‘मलाई प्रमाण चाहिन्छ, उनले भनिन्, ‘कसलाई–कसलाई दुर्व्यवार गरेको छु, मैले पनि...

दलितहरुले भने, ‘सिंहदरबारले नै अछुतको व्यवहार गर्यो’

२०७० फागुन १४ गते १०:५३

काठमाण्डु, १४ फागुन – वर्तमान सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको दलित नागरिक समाजले सडक आन्दोलनको चेतावनी दिएको छ । रिपोटर्स क्लवमा बुधबार पत्रकार सम्मेलन गरी समाजले वर्तमान सरकारमा दलित समुदायको प्रतिनिधित्व नगराईएको भन्दै त्यसको भत्र्सना गरेको हो । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको वर्तमान सरकारमा...

मस्यौदा समितिलाई थप एक साताको समय

२०७० फागुन १४ गते १०:३६

काठमाण्डु, १४ फागुन – संविधानसभा तथा व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली तयार पार्न गठित मस्यौदा समितिको म्याद एक साता थपिएको छ । बुधबार बसेको संविधानसभा बैठकले सात दिन म्याद थप्ने निर्णय गरेको हो । सुरुमा दश दिनको म्याद पाएको समितिले थप एक साताको समय पाएको...

फूटपाथका व्यापारी लखेट्दै वामदेव

२०७० फागुन १४ गते १०:१६

काठमाण्डु, १४ फागुन – वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री बनेको भोलिपल्टै सडकमा त्यसको प्रभाव देखिएको छ । कार्यभार सम्हालेको दिन नै आफू मातहतका निकायलाई गौतमले ५ बुँदे निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार फूटपाथका व्यापारी हटाउन थालिएको छ । महानगरीय प्रहरीले बुधबार अनामनगर...

हाजिरका भरमा तलब !

२०७० फागुन १४ गते ९:२५

झापा, १४ फागुन – झापा जिविस कार्यालयमा  चार महिनादेखि १३ कर्मचारीले हाजिरको भरमा तलब खाँदै आएका छन् । स्थानीय विकास मन्त्रालयले कर्मचारीलाई उचित व्यवस्थापन गर्न नसक्दा कार्यालयमा आएर हाजिर मात्र गरेर घर फर्की तलब खानुपरेको जिविस कर्मचारी प्रशासन शाखाका प्रमुख टेकबहादुर खड्का काजीले बताए...

सरकार र संविधानसभा कठपुतली

२०७० फागुन १४ गते ८:४८

काठमाण्डु १४ फागुन-नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ ले वर्तमान सरकार र संविधानसभा कठपुतली भएकाले जनताको पक्षमा संविधान बन्न नसक्ने बताए । उनले सुगौली सन्धीपछिका पराधिन सरकार र सदन जस्तै अहिले पनि प्रतिगामी र यथास्थितिबादी, आत्मसमपर्णबादीहरु हावी सरकार र संविधानसभा भएकाले जनताको पक्षमा काम गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us