सरकार र संविधानसभा कठपुतली

काठमाण्डु टुडे २०७० फागुन १४ गते ८:४८ मा प्रकाशित

काठमाण्डु १४ फागुन-नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ ले वर्तमान सरकार र संविधानसभा कठपुतली भएकाले जनताको पक्षमा संविधान बन्न नसक्ने बताए । उनले सुगौली सन्धीपछिका पराधिन सरकार र सदन जस्तै अहिले पनि प्रतिगामी र यथास्थितिबादी, आत्मसमपर्णबादीहरु हावी सरकार र संविधानसभा भएकाले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । Badal
महासचिव बादलले नेपाल राष्ट्रय दलित मुक्ति मोर्चाले जनयुद्धका प्रथम शहिद दीलबहादुर रम्तेलको १९ औं स्मृति दिवसको अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा त्यस्तो धारणा व्यक्त गरेका हुन । महासचिव थापाले भने ‘दीलबहादुर रम्तेलको बलिदानले नेपालमा राजतन्त्रको अन्त्य भइ गणतन्त्र स्थापना भएको हो, रम्तेलहरुको सपना अझै अपूरै छन ।्’
कार्यक्रममा मोर्चाको अध्यक्ष तिलक परियारले नेपाल र नेपालीको मुक्तिको लागि रम्तेलको बलिदान भएको बताए । सभासद् लक्ष्मी परिवारले आन्दोलनहरुमा दलितहरुको बलिदान भएपनि नेताहरुले त्यसलाई सम्मान गर्न नसकेको बताइन । कार्यक्रममा केशबहादुर परियार, हस्तबहादुर केसी लगायतले दीलबहादुर रम्तेलको बलिदानको सम्मान गर्नपर्नेमा जोड दिएका थिए ।
गोरखा पन्दु्रङ गाविसका वालक दिलबहादुर रम्तेललाई जनयुद्धको क्रममा २०५२ साल फागुन १४ गते तत्कालिन प्रहरीले हत्या गरेको थियो । रम्तेल कक्षा चार अध्ययन गर्दै थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us