सेना दिवश साँझ मात्रै मनाइने

काठमाण्डु टुडे २०७० फागुन १५ गते ३:५४ मा प्रकाशित

nepal-army-logoकाठमाण्डु, १५ फागुन –टुँडिखेलमा विशेष समारोह आज नेपाली सेना दिवस पनि मनाइँदै छ । सेना दिवसको अबसरमा नेपाली सेनाले आज साँझ टुंडीखेलमा विशेष समारोहको आयोजना पनि गरेको छ ।

टुँडिखेलमा यसअघि दिउसो हुँदै आएको समारोह यस पटक साँझमा आयोजना गरिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाले आयोजना गरेको उक्त समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रुपमा सहभागी हुनेछ ।

Nepal-Army_20100923082843नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सोही क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।

जङ्गी अड्डा मातहत मुलुकका विभित्र भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिनेछ । सेना दिवसको अबसरमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधान सेनापतिले आज शुभकामना दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us