फोटोसहितको मतदाता नामावली फेरि सङ्कलन गरिने

काठमाण्डु टुडे २०७० फागुन १५ गते २:४३ मा प्रकाशित

म्याग्दी, १५ फागुन– म्याग्दीमा पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले नामावली फेरि संकलन गर्ने निर्णय गरको हो ।
बिहिबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए ।

पौडेलका अनुसार नयाँ नागरिकता लिने व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयकै जनशक्तिबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न लागिएको हो ।
म्याग्दीमा दोस्रो संविधानसभाको निर्वाचनभन्दा अगाडि ५६ हजार ५ सय ५३ जनाको फोटोसहितको मतदाता नामावली सङ्कलन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us