समाचार

यस्त छन् विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णय

२०७० फागुन १३ गते १५:२१

काठमाण्डु, १३ फागुन– विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठकले नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई सरकारको प्रवक्ता तोकेको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै मंगलबार साँझ सिंहदरबारमा बसेको बैठकले रिजाललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो । यस्तै बैठकले म्यानमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास...

बामदेवले दिए पाँचबुँदे निर्देशन

२०७० फागुन १३ गते १४:५१

काठमाण्डु, १३ फागुन– नवनियुक्त उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मातहतका निकायलाई पाँचबुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्रीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गौतमले यस्तो निर्देशन दिएका हुन् । यस्तो छ गौतमको पाँचबुँदे निर्देशन १. राजधानीका विभिन्न सार्वजनिक स्थानमा...

खनाल भन्छन्: यसकारण गैरसभासदलाई मन्त्री बनाइयो

२०७० फागुन १३ गते १४:११

काठमाण्डु, १३ फागुन – एमाले अध्यक्ष झलनाथ खनालले सभासद्हरु संविधान निर्माणमा व्यस्त हुनुपर्ने भएकाले गैरसभासद्लाई मन्त्री बनाएको दाबी गरेका छन् । व्यवस्थापिका–संसदको मंगलबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी निर्णयले संविधान निर्माणमा सहज हुने दाबी गरे । मंगलबार विस्तारित मन्त्रिपरिषद्मा एमालेका १०...

नक्कली संगठन बनाएर चन्दा आतंक

२०७० फागुन १३ गते १३:१२

काठमाण्डु, १३ फागुन– शसस्त्र भूमिगत संगठनको नाममा राजधानीका विभिन्न स्थानमा चंन्दा आतंक फैलाउने दुई जना प्रहरीको फन्दामा परेका छन् । सशस्त्र स्वयं सेवक दलको नाममा काठामाण्डुको भोटेवहालस्थित होटल कान्तिपुर होलिडे एण्ड रेष्टुरेण्टका सञ्चालक देवेन्द्र सापकोटालाई एकलाख रुपैयाँ चन्दा माग्ने कञ्चनपुरका यज्ञराज पाण्डेय र प्रकाश...

प्रधानमन्त्रीद्वारा सरकार विस्तार (मन्त्रीहरुको नामावलीसहित)

२०७० फागुन १३ गते १२:१९

काठमाण्डु, १३ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचित भएको दुई साता पछि मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेकातर्फबाट १८ जना मन्त्री थपेर कोइरालाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री कोइरालाबाट पद तथा गोपनीयताको सपथ...

फुटबल हेर्न गएका मनाङ्गे प्रहरीको खोरमा

२०७० फागुन १३ गते १२:१०

काठमाण्डु, १३ फागुन – प्रहरीले चर्चित गुण्डा नाईके दिपक मनाङ्गेलाई पक्राउ गरेको छ । राजधानीको त्रिपुरेश्वरबाट  स्थित दशरथ रंगशालाबाट मंगलबार अपराह्न मनाङ्गेलाई पक्राउ गरिएको हो । ए डिभिजन लिग फुटबल प्रतियोतिगताअन्तर्गत मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लवबीचको खेल हेरेर फर्किंदै गर्दा प्रहरीले मनाङ्गेलाई गिरफ्तार...

संसदद्वारा दुई अध्यादेश स्वीकृत

२०७० फागुन १३ गते १०:१०

काठमाण्डु, १३ फागुन – व्यवस्थापिका संसद्को मंगलबारको बैठकले २०६९ असार ३१ गते र मंसिर ५ गते जारी भएका सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने दुई छुट्टाछुट्टै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुख सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा...

कोइरालाको प्रतिबद्धताबाट बान उत्साहित

२०७० फागुन १३ गते १०:०७

काठमाण्डु, १३ फागुन । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र नयाँ संविधान बनाउने प्रतिबद्धता संविधानसभासमक्ष व्यक्त गरेकोप्रति आफू उत्साहित भएका बताएका छन् । महासचिव बानले कोइरालाई बधाई सन्देश पठाउँदै एक वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धताबाट आफू उत्साहित भएको उल्लेख गरेका...

कीर्तिपुरमा प्राध्यापकहरुको धर्ना

२०७० फागुन १३ गते १०:०१

कीर्तिपुर, १३ फागुन – त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरुले विभिन्न मागसहित मंगलबार पनि केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना दिएका छन् । धर्ना त्रिवि प्राध्यापक संघको अगुवाइमा सोमबार देखि सुरु भएको हो । संघका तर्फबाट २०६८ साल असोज ४ गते प्राध्यापकहरुको हकहितका सम्बन्धमा विश्वविद्यालयसँग प्रस्तुत गरिएका २३...

चर्चा बटुल्न सभासद् पासवासनको यस्तो नौटंकी

२०७० फागुन १३ गते ८:४७

काठमाण्डु, १३ फागुन – मंगलवारको संसद बैठक जब कार्यसूचीमा प्रवेश ग¥यो, लगातार बोलिरहने एक्ला सभासद थिए दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान । एक मिनेटका लागि छुट्टाइएको शून्य समयमा ३१ जना सभासद्ले समसामयीक र आफ्ना जिल्लाका समस्याका बारेमा कुरा राखे । सभासद् पासवानले त्यो समय...

‘आकारको बलमा नभइ विचारको आधारमा संविधान’

२०७० फागुन १३ गते ८:३५

खोटाङ, १३ फागुन – संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अब बन्ने संविधान पार्टीको आकारको बलमा नभइ विचारको आधारमा बनाउनुपर्ने बताएका छन् । २१ औँ जिल्ला परिषद् उद्घाटन गर्न गृह जिल्ला पुगेका राईले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।...

एमाओवादी नेताहरु घटुवामा

२०७० फागुन १३ गते ८:२९

इलाम, १३ फागुन – एकीकृत नेकपा माओवादीले जिल्ला कमिटी तथा राज्य समितिमा रहेका सबै सदस्यको घटुवा गरेको छ । माओवादीको इलाम सदरमुकाममा दुई दिनसम्म सञ्चालन भएको बैठकले उपल्लो तहमा बसेका सदस्यलाई घटुवा गरेर गाउँ तथा क्षेत्रीय तहमा पुर्याएको हो । एमाओवादीले जिल्ला समिति विघटन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us