समाचार

ओनसरीको प्रतिस्पर्धी नेमकिपाकी अनुराधा

२०७० फागुन १३ गते ७:४६

काठमाण्डु, १३ फागुन – एमाओवादी उम्मेदवार ओनसरी घर्ति संविधानसभा अध्यक्षमा सर्वसम्मत नहुने पक्का भएको छ । नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दिएपछि घर्ति सर्वसम्मत चयन हुने सम्भावना टरेको हो । थापाको उम्मेदवारीको प्रस्तावक नेमकिपाका सभासद प्रेम सुवाल र समर्थक दिल्ली काफ्ले रहेका छन्...

संविधानसभा उपाध्यक्षमा ओनसरीको उम्मेदवारी

२०७० फागुन १३ गते ६:३४

काठमाण्डु, १३ फागुन– एकीकृत माओवादीले संविधानसभा उपाध्यक्षमा उम्मेदवारी दिएको छ । बहुमतीय प्रक्रियाअन्तर्गत भोलि हुने निर्वाचनका लागि माओवादी सभासद ओनसरी घर्तीले उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावमा एकीकृत माओवादी नेता कृष्णबहादुर महरा र समर्थकमा काँग्रेस नेता आनन्द ढुगाना छन् । संसद सचिवालयले सहमतीय प्रक्रियाबाट...

रिचार्ज कार्ड चोर्ने पक्राउ

२०७० फागुन १३ गते ५:१८

काठमाण्डु, १३ फागुन –रिचार्ज कार्ड चोर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । भैरहवाको टेक्नोबोल्डले परासीको लक्ष्मी फोटो सेन्टरमा गाडीबाट पठाएको नेपाल टेलिकम र एनसेल मोबाइलको रिचार्ज कार्ड नाटकीय तरिकाले चोर्ने प्रहरीले पक्राउ गरेको हो । रुपन्देही पोखरभेन्डी गाविस वडा नं ६...

दाङका पेट्रोलपम्प बन्द

२०७० फागुन १३ गते ५:१५

दाङ, १३ फागुन –दाङ जिल्लाका पेट्रोलियम व्यबसायीले आज पेट्रोलियम पदार्थ बिक्री बितरण बन्द गरेका छन् । पम्प बन्द भएपछि यातायात व्यवसायी तथा उपभोक्ता मर्कामा परेका छन् । व्यवसायीका पेट्रोल पम्प तथा व्यवसायीलाई पटक–पटक भएका धम्की, लुटपाट, चोरी तथा आक्रणसम्मका घटनामा संलग्नलाइ कारबाही गर्न अनुरोध...

एमालेमा विवाद,बिष्णु पौडेल मन्त्री हुन मानेन्

२०७० फागुन १३ गते ५:०९

काठमाण्डु, १३ फागुन – नेकपा एमालेमा विवाद सरकारमा सहभागी हुने नेताहरुको नामावली चयनका विषयमा नेकपा एमालेमा विवाद देखिएको छ । आफूले रोजेका मन्त्रालय नपाएपछि बिष्णु पौडेल मन्त्री हुन अनिच्छुक देखिएका छन् । ग्राण्डी अस्पतालमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल...

मन्त्रीको सपथ ग्रहण आज

२०७० फागुन १३ गते ४:५१

काठमाण्डु, १३ फागुन –सरकारमा मन्त्रीहरुको सपथ ग्रहण आज हुने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा एमालेबाट नामावली आएपछि मात्र सरकारमा सहभागी मन्त्रीहरुलाई एकैचोटी सपथ ग्रहण गराउने बताएपछि हिजो हुने भनिएको सपथ पनि रोकिएको थियो । दिउंसो सपथ हुने कांग्रेस नेता दीपकुमार उपाध्ययाले बताए...

मन्त्रीको टुंगो लगाउंदै साना दल

२०७० फागुन १३ गते ३:५८

काठमाण्डु, १३ फागुन– सरकार गठनमा सहयोग गरेका साना दलले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउन छलफल गरेका छन् । नेकपा माले र राप्रपाले कस्लाइ मन्त्री छान्ने बिषयमा छलफल गरेका हुन् । राप्रपाले महामन्त्री दीपक बोहोरा र सुनिल थापामध्ये एकलाई सिफारिस गर्ने तयारी गरेको छ ।...

चिसोले शिक्षकको मृत्यु

२०७० फागुन १३ गते ३:३४

बाजुरा, १३ फागुन । बाजुराको कोल्टी गाविसस्थित जनप्रकाश उच्चमाविका शिक्षकको चिसोका कारण मृत्यु भएको छ ।  कोल्टी गाविस–३ का मोहन रेग्मीको सदरमुकाम मार्तडी आउादै गर्दा पोरखे लेखमा मृत अवस्थामा भेटिएका थिए । सदरमुकाममा हुने पाचौ राष्ट्रपति रनिङ शिल्ड हेर्नका लागि उनी आइतबार घरबाट हिाडेका...

बामदेवले भेटे ओलीलाई

२०७० फागुन १३ गते ३:२५

काठमाण्डु, १३ फागुन– ग्राण्डी अस्प्तालमा उपचार गराइरहेका एमाले संसदीय दलका नेता केपी ओलीलाई उपाध्यक्ष बामदेव गौतमले भेट गरेका छन्  । ओलीको स्वास्थ्य अवस्था बुझ्न र सरकारमा जाने बिषयको जानकारी गराउन उपाध्यक्ष बामदेव गौतम अस्पताल पुगेका हुन् । ओलीको अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ...

गणेश मूर्ति चोरी

२०७० फागुन १३ गते ३:०५

काठमाण्डु, १३ फागुन – भक्तपुरको लोकन्थलीबाट गणेशको मूर्ती सहितका सामग्री चोरी भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. १६ लनेकन्थलीमा रहेको गणेशको मूर्ति सोमबार राति चोरी भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । प्रहरीका अनुसार मन्दिरबाट गणेशको मूर्ति, मूर्तिको आसन, सिक्काको माला र...

प्रध्यापकको त्रिविमा धर्ना

२०७० फागुन १३ गते २:४५

काठमाण्डु, १३ फागुन–त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले आज पनि विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना दिने भएका छन् । प्राध्यापकका सम्बन्धमा विगतमा गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै सङ्घको अगुवाइमा धर्ना दिइएको हो । प्राध्यापकको नियमित बढुवा प्रक्रिया सुचारु गरिनुपर्ने, करार सेवाका प्राध्यापकको प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने...

बहुमतिय प्रणालीमा संविधानसभा उपाध्यक्ष

२०७० फागुन १३ गते २:४२

काठमाण्डु, १३ फागुन –संबिधानसभा उपाध्यक्ष छान्नका लागि मंगलवार बहुमतीय प्रणालीका आधारमा उम्मेद्वारी दिने कार्यक्रम रहेको छ । मंगलवार बिहान १० बजेदेखि दिउसो २ बजेसम्मका लागि उम्मेद्वारी दर्ता गर्ने समय दिइएको संसद सचिवालयले जनाएको छ । सहमतीका आधारमा उम्मेद्वारी दर्ता गर्ने समय दिइएकोमा उम्मेद्वारी नपरेपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us