रिचार्ज कार्ड चोर्ने पक्राउ

काठमाण्डु टुडे २०७० फागुन १३ गते ५:१८ मा प्रकाशित

काठमाण्डु, १३ फागुन –रिचार्ज कार्ड चोर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । भैरहवाको टेक्नोबोल्डले परासीको लक्ष्मी फोटो सेन्टरमा गाडीबाट पठाएको नेपाल टेलिकम र एनसेल मोबाइलको रिचार्ज कार्ड नाटकीय तरिकाले चोर्ने प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही पोखरभेन्डी गाविस वडा नं ६ का तौफिकआलम खान, सिक्टहन–३ का सुरेश यादव, गौरी–८ का राजेश यादव र खुरहिया–६ का जमाल खानलाई प्रहरीले दुई लाख ३७ हजार ५सय मूल्यको रिचार्ज कार्डसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णुहरि गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us