प्रध्यापकको त्रिविमा धर्ना

काठमाण्डु टुडे २०७० फागुन १३ गते २:४५ मा प्रकाशित

TUकाठमाण्डु, १३ फागुन–त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले आज पनि विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना दिने भएका छन् । प्राध्यापकका सम्बन्धमा विगतमा गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै सङ्घको अगुवाइमा धर्ना दिइएको हो ।

प्राध्यापकको नियमित बढुवा प्रक्रिया सुचारु गरिनुपर्ने, करार सेवाका प्राध्यापकको प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने लगायतका विषयमा विश्वविद्यालय प्रशासनले सङ्घसंग सहमति गरेको भएपनि हालसम्म कार्यान्वयन नगरेको, गत साउनदेखि प्राध्यापकको बढेको तलब उपलब्ध नगराइएकाले बाध्य भई धर्ना दिनुपरेको सङ्घका अध्यक्ष योगेन्द्रनारायण बडवरियाले बताए ।

 

फागुन १६ गतेसम्म धर्नालगायतका विरोधका कार्यक्रम गरिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us