काठमाण्डु, १३ फागुन –सोमबार गर्ने भनिएको मन्त्री परिषद बिस्तार आज हुने भएको छ । नेपाली कांग्रेस र एमालेले सरकारमा जाने मन्त्रीको नामको छिनाफानो लाएपछि मन्त्रिपरिषद विस्तारको तयारी भएको हो । एमालेले मन्त्री बन्नेको नाम दिउंसो टुंगो लगाएलगत्तै मन्त्रीपरिषद बिस्तार हुनेछ । कांग्रेसले आफनो भागमा...
तनहु , १३ फागुन – तनहुंको भानुमा रुखले च्यापेर एक जनाको मृत्यु भएाके छ । घर बनाउनका लागि रुख काट्न गएका भानु ९ धवादीका महेन्द्र रानाको सोमबार मृत्यु भएको हो । रातामाते पत्थरे दुङ्गा सामुदायिक वनमा सालको रुख काट्दै गर्दा हांगा भांच्चिएर टाउकोमा लाग्दा...
सङ्खुवासभा, १३ फागुन । कीर्ते हस्ताक्षर गरी नया सदस्य थप गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सङ्खुवासभामा आबद्ध पत्रकारहरुले सो शाखामा तालाबन्दी गरेका छन् । महासङ्घका जिल्ला शाखा सचिव छेटु शेर्पाले शाखाको बैठक पुस्तिकामा नक्कली हस्ताक्षर गरी थप गरिएका ११ जना सदस्यको खारेजी...
काठमाण्डु, १२ फागुन – प्रहरीले राजधानीको ईचंगुनारायणमा रहेको जय स्वयम्भुनाथ फुड प्रोडक्शनबाट ७ जना बाल श्रमिकको उद्दार गरेको छ । दोलखा चिलिङगा–२ मुन्तु शेर्पाले प्रोडक्शनमा उमेर नपुगेका बालबालीकालाई काम लगाएको भन्दै प्रहरीले संचालक शेर्पालाई समेत नियनत्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको...
काठमाण्डु, १२ फागुन – नेपाली काँग्रेस र नेकपा एमालेले मन्त्री बन्नेहरुको नामावली तय गर्न नसक्दा सोमबार पनि सरकार विस्तार हुन सकेन । काँग्रेस एमालेलाई गृहमन्त्रालय दिन तयार भएपनि दलहरुले आन्तरिक रुपमै मन्त्री बन्नेहरुको नामावली टुंग्याउन नसक्दा मन्त्री मण्डल विस्तार हुन नसकेको हो । एमालेले...
काण्डमाण्डु, १२ फागुन – हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन संविधानसभा भवन पुगेका स्वयम्सेविका निरास भएर फर्किएका छन् । हात्तीपाइले विरुद्वको दोस्रो दिन सोमबार व्यवस्थापिका–संसद्को बैठक चलेको मौका छोपेर संविधानसभा भवन पुगेका स्वयंसेविका महिला सभासद्लाई औषधि सेवनका लागि अनुरोध गरेको देखिन्थ्यो । तर, अपेक्षा गरेअनुरुप सभासद्ले...
काठमाण्डु, १२ फागुन – यस वर्षको शिवरात्रीका अवसरमा पशुपतिनाथमा मन्दिर र परिसरमा सरसफाइ र रङरोगन, वाग्मतीको सरसफाइ, साधुसन्त तथा योगीहरुको प्रदर्शन र वैष्णोदेवीको प्रतिकृतिको दर्शन मुख्य आकर्षण हुने भएको छ । प्राचीनकालदेखि नै भारतबाट योगी तथा सन्तमहन्त पशुपतिनाथमा आउने परम्परानुसार यस वर्ष करिब पाँच...
काठमाण्डु, १२ फागुन – संविधानसभा निर्वाचनमा गरिएको लैङ्गिक अनुगमन प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकारका लागि महिला, एकल महिलाद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेषचाँद ताराले नेपालको इतिहासमा पहिलो पटक निर्वाचनमा लैङ्गिक अनुगमन गरिएको र सो...
ललितपुर, १२ फागुन – साझा यातायातमा पहिलो पटक महिला चालक नियुक्त भएकी छन् । करिब छ वर्षदेखि बन्द रहेको यातायात सेवा गत वैशाख १ गतेदेखि पुनः सञ्चालनमा ल्याई महिलामैत्री बनाउने उद्देश्यले यही फागुन ३ गतेदेखि रेविका थापालाई चालकमा नियुक्त गरिएको साझाले जनाएको छ ।...
काठमाण्डु, १२ फागुन – एमाले पार्टी उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नै सरकारमा सहभागी हुने भएको छ । सत्ता साझेदार नेपाली काँग्रेस उपप्रधान तथा गृहमन्त्रालय दिन सहमत भएपछि एमालेले गौतमकै नेतृत्वमा सकारमा जाने निर्णय गरेको हो । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा बसेको एमाले स्थायी समिति...
काठमाण्डु, १२ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भेटवार्ता गरेका छन् । नेम्वाङको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा राजदूत रेले संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै संविधान जारी गर्न सफल हुने विश्वास व्यक्त गरे । त्यसका लागि...
डोल्पा, १२ फागुन – नेपाल टेलिकमको सिडिएमए र जिएसएम मोवाईलको नेटवर्कमा देखिएको समस्याका कारण डोल्पाबासी मर्कामा परेका छन् । दुई सातादेखि मोवाईलमा नेटवर्क नहुँदा समस्या परेको स्थानीय स्टेसनरी सञ्चालक हरि कार्कीले बताए । सेवा अवरुद्ध भएको यतिका समय भइसक्दा पनि सम्बन्धित निकायले चासो नदिँदा...