सोमबार पनि मन्त्रिपरिषद् विस्तार भएन

काठमाण्डु टुडे २०७० फागुन १२ गते १३:५७ मा प्रकाशित

singh durbarकाठमाण्डु, १२ फागुन – नेपाली काँग्रेस र नेकपा एमालेले मन्त्री बन्नेहरुको नामावली तय गर्न नसक्दा सोमबार पनि सरकार विस्तार हुन सकेन । काँग्रेस एमालेलाई गृहमन्त्रालय दिन तयार भएपनि दलहरुले आन्तरिक रुपमै मन्त्री बन्नेहरुको नामावली टुंग्याउन नसक्दा मन्त्री मण्डल विस्तार हुन नसकेको हो ।

एमालेले मंगलबार स्थायी समिति बैठक बसेर नामावली टुंग्याउने निर्णय गरेपछि सोमबार मन्त्री मण्डल विस्तार हुन नसकेको स्रोतले बताएको छ ।

एमालेले गौतमलाई मात्रै समावेश गरेर सरकार विस्तार गर्न सुझाव दिएपनि काँग्रेसल पूर्ण रुपममा नामावली टुंग्याउन सकेको छैन । काँग्रेसमा संस्थापन पक्ष भित्रै पनि रामचन्द्र पौडेलले नामावली चयन अशन्तुष्टि जनाएका छन् ।

काँग्रेसले संस्थापन र शेरबहादुर देउवा पक्षलाई ६० र ४० प्रतिशत भागबण्डा गर्ने निर्णय गरेको थियो ।

यता एमालेले ग्राण्डी अस्पतालमा स्थायी समिति बैठक बसेर मन्त्री चयनको मापदण्ड बनाएको छ । तर, अस्पतालमा बैठक बोलाएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित भएनन् । जसका कारण एमालेले मन्त्रीहरुको अन्तिम टुंगो लगाउन नसकेको हो ।

अब मंगलबारमात्रै सरकार विस्तार हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us