डोल्पामा मोवाईल सेवा अवरुद्ध

काठमाण्डु टुडे २०७० फागुन १२ गते ११:२० मा प्रकाशित

NTCडोल्पा, १२ फागुन – नेपाल टेलिकमको सिडिएमए र जिएसएम मोवाईलको नेटवर्कमा देखिएको समस्याका कारण डोल्पाबासी मर्कामा परेका छन् । दुई सातादेखि मोवाईलमा नेटवर्क नहुँदा समस्या परेको स्थानीय स्टेसनरी सञ्चालक हरि कार्कीले बताए ।

सेवा अवरुद्ध भएको यतिका समय भइसक्दा पनि सम्बन्धित निकायले चासो नदिँदा सरकारी तथा गैरसरकारी निकायका अलावा व्यापार व्यवसायमा समेत प्रभाव परेको उनको भनाइ छ ।

यता, नेपाल टेलिकम डोल्पाले भने दुईवटा स्याटेलाई एन्टेना विग्रिएकाले समस्या आएको बताएको छ । सो एन्टेना मर्मतको लागि केन्द्रीय कार्यालयमा पठाईसकेको टेलिकम डोल्पाका प्रमुख दयाविक्रम केसीले बताए ।

‘हामीले मर्मतका लागि केन्द्रीय कार्यालयमा पठाईसकेका छौं, केसीले भने, ‘उताबाट मर्मत गरेर पठाईसकेको जानकारी आएपनि जिल्लामा सामान आइपुगेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us