पत्रकारको सदस्यता, प्रहरी र शिक्षकलाई पनि !

काठमाण्डु टुडे २०७० फागुन १३ गते ०:५७ मा प्रकाशित

fnj logoसङ्खुवासभा, १३ फागुन । कीर्ते हस्ताक्षर गरी नया सदस्य थप गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सङ्खुवासभामा आबद्ध पत्रकारहरुले सो शाखामा तालाबन्दी गरेका छन् ।

महासङ्घका जिल्ला शाखा सचिव छेटु शेर्पाले शाखाको बैठक पुस्तिकामा नक्कली हस्ताक्षर गरी थप गरिएका ११ जना सदस्यको खारेजी र सचिव शेर्पालाई कारबाहीको माग गरिएकोमा केन्द्रले बेवास्ता गरेको भन्दै जिल्लाका पत्रकारहरुले शाखामा तालाबन्दी गरेका हुन् ।

सचिव शेर्पाले अध्यक्ष श्याम निरौला, उपाध्यक्ष दिव्य बराल, सहसचिव किशोर बुढाथोकी, सदस्यहरु भवीन कार्की, नवीन दाहाल, भोला गौली र सभासद् गङ्गा विष्टको कीर्ते हस्ताक्षर गरी नया थप सदस्यको सिफारिस गरेका थिए ।

शाखा अध्यक्ष श्याम निरौलाले भन्नुभयो–“केन्द्रमा नया ११ जनाको नाम सिफारिस भएको सुन्दा अचम्म लाग्यो, केन्द्रमा गएर हेर्दा बैठकको उपस्थितिमा मेरो पनि हस्ताक्षर कीर्ते गरेको पाएा । सचिव शेर्पाले दुई वर्षअघि वैदेशिक रोजगारका क्रममा दुबई गएका सदस्य भवीन कार्कीको समेत हस्ताक्षर गरेका रहेछन् । ”

“सचिव छेटुले नया सदस्य सिफारिसमा विराटनगर क्षेत्रीय कार्यालयमा कार्यरत प्रहरी जवान नवीन श्रेष्ठलगायत अन्य शिक्षक, लेखापाल र एनजिओमा कार्यरतलाई समेत सिफारिस गरेका रहेछन्”– अध्यक्ष निरौलाले भन्नुभयो ।  यसबारे तत्कालै केन्द्रीय अध्यक्ष शिव गाउालेलाई उहाको कार्यकक्षमै भेटी सचिवले कीर्ते गरी पठाएको नया सदस्य खारेज गर्न माग गरेको उहाले बताउनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us