मन्त्रीपरिषद बिस्तारको तयारी

काठमाण्डु टुडे २०७० फागुन १३ गते २:२० मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १३ फागुन –सोमबार गर्ने भनिएको मन्त्री परिषद बिस्तार आज हुने भएको छ । नेपाली कांग्रेस र एमालेले सरकारमा जाने मन्त्रीको नामको छिनाफानो लाएपछि मन्त्रिपरिषद विस्तारको तयारी भएको हो ।

एमालेले मन्त्री बन्नेको नाम दिउंसो टुंगो लगाएलगत्तै मन्त्रीपरिषद बिस्तार हुनेछ । कांग्रेसले आफनो भागमा परेका मन्त्रालयका लागि मन्त्रीहरुको नाम लगभग टुंगाएको छ । कांग्रेसले महामन्त्री प्रकाशमान सिंह, नेताहरु महेश आचार्य, नरहरी आचार्य, विमलेन्द्र निधी, चित्रलेखा यादव, नारायण खड्का, एनपी साउद, प्रभुनारायण चौधरी, टेकवहादुर गुरुङ्गलाई मन्त्री बनाउने भएको छ ।

तर उल्लेखित नाममा अझै हेरफेर हुन सक्ने एक नेताले बताए । एमालेले पार्टी अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमलाई नाम टुंगो लगाउने जिम्मा दिएको छ ।

दुवै दलले नाम टुंगो लगाएपछि आजै मन्त्रिपरिषद विस्तार हुने अर्थ र रक्षा सहित १० मन्त्रालय कांग्रेस तथा गृह सहित १० वटा मन्त्रालय एमालेले पाउने छन् । बांकी साना दललाई ६ वटा मन्त्रालय दिने सहमति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us