रुख काट्न जांदा मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १३ गते १:४६ मा प्रकाशित

तनहु , १३ फागुन – तनहुंको भानुमा रुखले च्यापेर एक जनाको मृत्यु भएाके छ । घर बनाउनका लागि रुख काट्न गएका  भानु ९ धवादीका महेन्द्र रानाको सोमबार मृत्यु भएको हो । रातामाते पत्थरे दुङ्गा सामुदायिक वनमा सालको रुख काट्दै गर्दा हांगा भांच्चिएर टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुंले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us