सातजना बाल श्रमीकको उद्दार

काठमाण्डु टुडे २०७० फागुन १२ गते १४:०० मा प्रकाशित

काठमाण्डु, १२ फागुन – प्रहरीले राजधानीको ईचंगुनारायणमा रहेको जय स्वयम्भुनाथ फुड प्रोडक्शनबाट ७ जना बाल श्रमिकको उद्दार गरेको छ ।

दोलखा चिलिङगा–२ मुन्तु शेर्पाले प्रोडक्शनमा उमेर नपुगेका बालबालीकालाई काम लगाएको भन्दै प्रहरीले संचालक शेर्पालाई समेत नियनत्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले दोलखा जिल्ला चिलिण्डा–२ घर भई हाल ईचंगुनारायण–२ बस्ने १६ वर्षीय कर्म छिरीङ समेत ७ जना वाल श्रमिकहरुलाई उद्धार गरेको प्रहरी नायव उपरिक्षक गंगा पन्तले बताईन् ।

कम उमेरका कालबालीकालाई काम लगाएर मासिक रुपमा तलव समेत नदिएर काम लगाएको भन्दै परेका उजुरीका आधारमा संचालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको नायव उपरिक्षक पन्तले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us