समाचार

एक वर्षभित्रै संविधान लेख्नुपर्छ : डा. भट्टराई

२०७० फागुन १२ गते १०:३१

गोरखा, १२ फागुन – पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले एक वर्षभित्र संविधान लेख्नुपर्ने बताएका छन् । गोरखाको च्याङ्ली गाविसमा सोमबार आयोजित एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै भट्टराईले आगामी एक वर्षभित्र संविधान जारी गर्नु नै मुख्य राजनीतिक दलहरुको दायित्व भएको बताए ।...

अगुल्टोको प्रहारबाट श्रमिकको मृत्यु

२०७० फागुन १२ गते १०:२६

बागलुङ, १२ फागुन – जिल्लाको हुग्दीशिर गाविसमा अगुल्टाको प्रहारबाट एक मजदुरको ज्यान गएको छ । हुग्दीशिर–४ स्थित शान्ति थापाको घरमा डेरा गरी बस्ने पाल्पा जिल्ला झुठापौवा गाविस–९ घर भएका २४ वर्षीय सुपन पुनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घरधनी थापाले हानेको...

लागुऔषधको मुद्दामा वृद्धि

२०७० फागुन १२ गते १०:१४

चितवन, १२ फागुन – पछिल्लो समय चितवनको बाटोबाट लागुऔषध ओसारपसार बढेको देखिएपछि प्रहरीले सक्रियता बढाएको छ । गत वर्षको तुलनामा यो वर्ष सङ्ख्यात्मक हिसाबमा मुद्दा दर्ता र पक्राउ सङ्ख्या झन्डै दोब्बर पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा चालु आर्थिक वर्षको...

सुन्ने एक, भन्ने अनेक !

२०७० फागुन १२ गते १०:०१

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका संसद्को बैठकमा सभासद्हरुले धेरै विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । तर, सुन्ने एक जना विना विभागिय मन्त्री रामशरण महत मात्र थिए । मन्त्री परिषद् विस्तार नहुँदा सबै सभासद्ले हरेक मन्त्रालयसँग सम्बन्धित रहेर ध्यानाकर्षण गराउँदा एक जनाले मात्र सुन्न परिरहेको...

सुरक्षा विशेष समिति गठन

२०७० फागुन १२ गते ९:४४

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका संसद मातहत रहनेगरी सुरक्षा विशेष समिति गठन भएको छ । सोमबार बसेको व्यवस्थापिका संसदको बैठकले कार्यसञ्चालन नियमावली ०६५ को नियम ११७ अनुसार ८१ सदस्यीय समिति गठन गरेको हो । यस समितिले प्राकृतिक विपत बाहेकको अवस्थामा सेना परिचालन गर्नुप परेमा...

बसको ठक्करबाट एकको ज्यान गयो

२०७० फागुन १२ गते ८:०५

चितवन, १२ फागुन – चितवनको माडीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठोरीतर्फ जाँदै गरेको ना ३ ख ३०३० नम्बरको यात्रुबाहक बसले बिहान ६ बजे ठक्कर दिँदा वनकटाका स्थानीयवासी भोजराज पौडेलको मृत्यु भएका हो । गम्भीर घाइते पौडेलको उपचारका लागि अस्पताल ल्याउँदै...

सदनमा एमाओवादीले भन्यो, ‘अमुक मन्त्रालयसँग राष्ट्रपति साट्न मिल्दैन’

२०७० फागुन १२ गते ७:५०

काठमाण्डु, १२ फागुन – एकीकृत नेकपा माओवादीले राष्ट्रपति निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन माग गरको छ । व्यवस्थापिका संसद बैठकको शुन्य समयमा बोल्दै एमाओवादी सभासद शक्ति बस्नेतले नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया अघि बढाउन माग गरे । एमालेले गृहमन्त्रालय पाएपछि राष्ट्रपति परिवर्तनको एजेण्डा छाडेकोतर्फ...

संविधान निर्माणका लागि राप्रपा नेपालले ल्यायो फास्ट ट्रयाक

२०७० फागुन १२ गते ७:१२

काठमाण्डु, १२ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधान निर्माणका लागि द्रुत कार्यविधि तालिका (फास्ट ट्राक) निर्धारण गरेको छ । संविधान निर्माणका लागि सबै दलबाट प्राप्त प्रतिबद्धता कार्यान्वयनमा सहजताका लागि पार्टीले यस्तो कार्यविधि तय गरेको हो । ८ बुँदामा समेटिएको कार्यविधिमा पाँचवटा विषयगत समिति...

कांग्रेसले मन्त्रीहरुको टुंगो लगायो

२०७० फागुन १२ गते ५:४२

काठमाण्डु, १२ फागुन – नेपाली काँग्रेसले मन्त्री चयनका विषयमा पार्टीभित्र देखिएको विवादलाई सुल्झाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले मन्त्री चयनका विषयमा सहमति जुटाएको हो । स्रोतका अनुसार काँग्रेसमा कोइराला पक्षलाई ६० र देउवा पक्षलाई ४० प्रतिशत मन्त्रालय दिने...

व्यवस्थापिका–संसद् बैठक जारी

२०७० फागुन १२ गते ३:५१

काठमाण्डु, १२ फागुन – व्यवस्थापिका–संसद् बैठक बसिरहेको छ । बिहान ११ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा यसअघि पेश भएका केहि अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । त्यस्तै बैठकमा समासदहरुले समसामायिक विषयमा आफ्ना धारणा समेत राख्ने छन् । यसअघि बसेको बैठकले आर्थिक...

कांग्रेस एमालेलाई दश-दश मन्त्रालय

२०७० फागुन १२ गते ३:४३

काठमाण्डु, १२ फागुन – नेपाली काँग्रेस र नेकपा एमालेबीच हाललाई दश-दशवटा मन्त्रालय बाँडफाँड गर्ने सहमतिमा मन्त्रालयको भागबण्डा लगभग मिलेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सुशील कोइराला तयार भएपछि दुई दलबीच आइतबार वार्ता प्रारम्भ भएको थियो । सोमबार बिहानसम्मको अनौपचारिक वार्ता र...

एमाले महाधिवेशन मदन-आश्रित स्मृति दिवसमा

२०७० फागुन १२ गते ३:०४

काठमाण्डु १२ फागुन–एमालेले नवौ महाधिवेशन आगामी दिन जेठ ३ गते मदन भट्टराई र जिवराज आश्रित दिवसदेखि ८ गतेसम्म काठमाण्डुमा गर्ने भएको छ । केन्द्रीय समितिले महाधिवेशन तयारीका लागि नयाँ सदस्यता वितरण फागुन मसान्तसम्म हुने कार्ययोजना एमाले केन्द्रीय समितिको बैठकमा पेश भएको छ । कार्ययोजना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us