समाचार

गृह मन्त्रालय एमालेलाई दिन काँग्रेस तयार

२०७० फागुन ११ गते ४:१६

काठमाण्डु, ११ फागुन– लामो विवाद र रस्साकस्सीपछि अन्तत: एमालेलाई गृह मन्त्रालय दिन काँग्रेस तयार भएको छ । दुई दलका शीर्ष नेताबीच गएराति भएको अनौपचारिक छलफलमा गृह एमालेलाई दिन काँग्रेस सहमत भएको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको का‌‌गेंस पदाधिकारी बैठकमा  कोइरालाले एमालेलाई गृहमन्त्रालय...

काँग्रेस–एमाले हिंडेको बाटो असंवैधानिक: थापा

२०७० फागुन ११ गते ४:०६

पोखरा, ११ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र एमालेबीचको विवादले मुुलुक संकटमा धकेलिएको बताएका छन् । पोखरामा आइतबार भएको पत्रकार सम्मेलनमा थापाले सरकार गठनअघि दुई दलबीच भएको सात बुँदे सहमति असैद्धान्तिक र अप्रजातान्त्रिक भएको बताएका हुन् । ‘काँग्रेस...

कोइराला नेतृत्वको सरकार संकटमा

२०७० फागुन १० गते १६:०३

नेकपा एमालेबाट सहयोग पाउन नसकिरेहका प्रधानमन्त्री सुशील कोइराला आफ्नो पार्टीभित्रै समीकरण मिलाउन नसक्दा अप्ठयारोमा परेका छन्। वरिष्ठ नेता शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको नाम पठाउन नमानेपछि मन्त्रीपरिषद् विस्तारमा झन ढिलाई हुने देखिएको छ।प्रधानमन्त्री निकट मानिने एक जना नेताले भने नेताहरुबीच सहमति भई छिट्टै मन्त्रीपरिषद्...

सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ : पोखरेल

२०७० फागुन १० गते १३:४२

काठमाण्डु, १० फागुन – नेकपा एमालेका सचिव शंकर पोखरेलले भूमिहीन सुकुम्बासीको समस्या समाधान नभएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठनको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोखरेलले हिजोको शासन व्यवस्थाबाट सबैभन्दा पीडित गरिब वर्गको झुप्रोसम्म परिवर्तनलाई पु¥याउन आवश्यक...

सरकार गठनमा संशय बढ्यो : नेता रिजाल

२०७० फागुन १० गते १२:१०

बनेपा, १० फागुन – नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले काँग्रेस र एमालेबीच कार्यसूची मिलेका कारण सरकार गठन गर्न लागे पनि अहिले संशय बढेको बताउनुभएको छ । नेपाल जेसिजले शनिबार धुलिखेलमा सुरु गरेको नेतृत्व विकाससम्बन्धी तालिममा बोल्दै रिजालले दुई दलबीच संघीयता, राज्यको पुनःसंरचनालगायत विषयमा कार्यसूची...

सेमेस्टर प्रणाली लागू नगर्न माग

२०७० फागुन १० गते १२:०४

काठमाण्डु, १० फागुन – नेकपा–माओवादी सम्बद्ध अखिल क्रान्तिकारी लगायत १२ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले लागू गर्न लागेको सेमेस्टर प्रणाली खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा बसेको विद्यार्थी संगठनहरुको बैठकले बिना तयारी एकलौटी ढंगले  सेमेस्टर प्रणाली लागू...

गृह पाएपनि सरकारमा नजान नेतृत्वलाई सुझाव

२०७० फागुन १० गते १०:४८

काठमाण्डु, १० फागुन – नेकपा एमालेका केन्द्रीय सदस्यहरुले पार्टीलाई सकारमा नजान सुझाव दिएका छन् । पार्टी मुख्याल बल्खुमा शनिबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले गृहमन्त्रालय पाएपनि सरकारमा जान नहुने सुझाव दिएका हुन् । काँग्रेस एक पटक भएको सहमतिबाट पछि हटेकाले अब सरकारलाई...

नदी सरसफईमा नेताहरु

२०७० फागुन १० गते १०:३७

काठमाण्डु, १० फागुन – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नदीमा फोहोर नफाल्न सबैसँग आग्रह गरेका छन् । रुद्रमती नदीको सरसफाइ कार्यक्रममा सहभागी हुँदै नेपालले नदीमा जथाभावी फोहर मिल्काउने प्रवृत्तिलाई स्थानीयवासीले रोक्नुपर्ने बताएका हुन् । यस्तै नेकपा (माले)का महासचिव सिपी मैनाली र नेपाली काँग्रेसका नेता...

स्थानीय चुनाव संविधान जारी भएपछि : पुन

२०७० फागुन १० गते ९:५३

काठमाण्डु, १० फागुन – एकीकृत माओवादीका नेता बर्षमान पुन अनन्तले एक स्थानीय निकायको चुनाव संविधान जारी भएपछि मात्रै गर्नुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ ताप्लेजुङले शनिबार आयोजना गरेको कार्यक्रमा बोल्दै पुनले एक वर्ष भित्रै संविधान जारी गरेर स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका हुन्...

गाउँगाउँमा क्यान्सरका बिरामीको खोजी

२०७० फागुन १० गते ८:२६

चितवन, १० फागुन – चितवनको क्यान्सर अस्पताल र नेपाल अर्बुद रोग निवारण संस्था चितवनले गाउँगाउँमा क्यान्सरका बिरामीको पहिचान गर्ने उद्देश्यले खोजी अभियान सुरु गरेको छ । क्यान्सर रोगको विषयमा पर्याप्त चेतना नहुँदा निकै न्यून मात्रामा बिरामी अस्पताल आउने गरेको पाइएपछि गाउँमै गएर क्यान्सर रोगको...

सामुदायिक विद्यालयमा जापानी सहयोग

२०७० फागुन १० गते ८:०२

काठमाण्डु, १० फागुन – जापानी शिक्षा सहयोग संघ (जोइन) ले नेपालका सामुदायिक विद्यालयमा भवन निर्माण र अन्य सहयोग प्रारम्भ गरेको छ । एसियाका थाइल्यान्ड, लाओस, भियतनामलगायत मुलुकका १७० वटा विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको सो संस्थाले पहिलो चरणमा नेपालमा एसियन फ्रेन्डसिप नेटवर्कको सहकार्यमा...

पर्वतारोहण संघमा शेर्पा निर्वाचित

२०७० फागुन १० गते ६:१०

काठमाण्डु, १० फागुन – पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल पर्वतारोहण संघको अध्यक्ष पदमा आङ छिरिङ शेर्पा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न निर्वाचनमा शेर्पाले ४ सय ७३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी निमानोर्बु शेर्पाले ३ सय ९१ मत पाए । त्यसैगरी १५ सदस्यीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us