सेमेस्टर प्रणाली लागू नगर्न माग

काठमाण्डु टुडे २०७० फागुन १० गते १२:०४ मा प्रकाशित

TUकाठमाण्डु, १० फागुन – नेकपा–माओवादी सम्बद्ध अखिल क्रान्तिकारी लगायत १२ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले लागू गर्न लागेको सेमेस्टर प्रणाली खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा बसेको विद्यार्थी संगठनहरुको बैठकले बिना तयारी एकलौटी ढंगले  सेमेस्टर प्रणाली लागू गर्न लागिएको भन्दै विरोध कार्यक्रम तय गरेको हो ।

यसअघि नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले भने सेमेस्टर प्रणाली लागू गर्नु जायज भएको भन्दै त्रिवि पदाधिकारीसँग सहमति गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us