सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ : पोखरेल

काठमाण्डु टुडे २०७० फागुन १० गते १३:४२ मा प्रकाशित

Shankar-pokhrelकाठमाण्डु, १० फागुन – नेकपा एमालेका सचिव शंकर पोखरेलले भूमिहीन सुकुम्बासीको समस्या समाधान नभएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठनको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोखरेलले हिजोको शासन व्यवस्थाबाट सबैभन्दा पीडित गरिब वर्गको झुप्रोसम्म परिवर्तनलाई पु¥याउन आवश्यक रहेकोमा जोड दिए ।

जग्गा वितरण गरेर सुकुम्बासीको समस्या समाधान हुँदैन भन्ने एक थरीको तर्क रहेको बताउँदै त्यो तर्क पलायनवादी तर्क भएको पोखरेलको जिकिर छ ।

अर्को एक प्रसङ्गमा सचिव पोखरेलले सम्मानजनक उपस्थिति हुने अवस्था नआए एमाले प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us